देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले १६ औ वर्षमा प्रवेश गरेको छ ।
सन् २००९ मा औपचारिक रुपमा स्थापना भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले हाल सम्म देशको मुख्य मुख्य शरह हरु लगायत नेपालको ७४ जिल्लामा एफटीटीएच र वायरलेस विस्तार गरी उच्च स्तरीय इन्टरनेट तथा इन्टरनेट + टीभी (आइपी टिभी) सन्चालन गर्दै आएको छ ।
क्लासिक टेकले देशभर १०४ शाखाहरूबाट सेवा प्रदान गर्दै आएको छ । क्लासिक टेकको आफ्नै डेटा सर्भरबाट डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन, सफ्टवेयर डेभलपमेन्ट, मार्फत आफ्ना ग्राहाकहरुलाई अत्याधुनिक प्रविधि युक्त (आइपीभी सिक्स) उच्चस्तरीय इन्टरनेट, वाईफाई सिक्स प्रविधि भएको राउटर, कन्टेन्ड डिलिभरि नेटवर्क कम्पनीमै होस्ट भएकाले गर्दा थप गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गरेको कम्पनीको दावी छ । यसै गरि ३६५ दिन ग्राहक सेवा २४ घण्टा कल तथा १२ घण्टा फिल्ड सेवा दिदै आएको छ ।
कम्पनीले १६औं वार्षिकोत्सवमा ग्राहकहरुलाई ‘जतिमा चाहियो, तेतिमा पाइयो!’ अफर सार्वाजानिक गरेको छ । इन्टरनेट टिभी र वाइफाई सिक्स राउटर पनि तेती मै पाइने छ। ग्राहकले आफ्नो बजेट अनुसार इन्टरनेट लिन सकिने कम्पनीको भनाइ छ । थप जानकारीको लागि ९७०९१८४१४७ सम्पर्क गर्न सकिने छ ।