कीवर्डहरू -

सन् २०२५ मा कति र्याम भएको स्मार्टफोन किन्न उपयुक्त हुन्छ? फोन किन्नुअघि जानिराख्नुहोस्

सन् २०२५ मा कति र्याम भएको स्मार्टफोन किन्न उपयुक्त हुन्छ? फोन किन्नुअघि जानिराख्नुहोस्

छिट्टै दुई ठूला ई–कमर्स प्लेटफर्म अमेजन र फ्लिपकार्टमा ठूलो सेल सुरू हुन लागेको छ। जसमा स्मार्टफोनहरूमा ठूलो छुट देख्न पाइनेछ। यस्तो अवस्थामा यदि तपाईं पनि यो सेलबाट वा अफलाइन बजारबाट नयाँ फोन किन्न सोचिरहनुभएको छ तर २०२५ मा कति जीबी र्याम भएको फोन किन्न उपयुक्त हुन्छ भनेर अन्योलमा हुनुहुन्छ भने चिन्ता लिनु पर्दैन् । आज हामी तपाईंलाई यही विषयमा विस्तृत जानकारी दिनेछौं ।

अहिलेको समयमा मोबाइल एप्स र गेमहरू पहिलेभन्दा धेरै हैभी (गहन) भइसकेका छन्, यस्तो अवस्थामा धेरै र्याम भएको स्मार्टफोन हुनु अत्यन्तै आवश्यक भएको छ, होइन भने तपाईंले महँगो फोन किन्दा पनि खराब प्रदर्शन अनुभव गर्न सक्नुहुन्छ । त्यसैले सहि र्याम भेरियन्टको छनोट गर्नु अत्यन्तै महत्वपूर्ण भएको छ । अब जानौं, सामान्य प्रयोगकर्तादेखि हैवी युजर्ससम्मका लागि कति जीबी र्याम भएको फोन उपयुक्त हुन्छ ।

टेक विशेषज्ञहरूका अनुसार यदि तपाईं सामान्य प्रयोगकर्ता हुनुहुन्छ र फोनलाई कलिङ, सामाजिक सञ्जाल, म्युजिक र भिडियो स्ट्रिमिङ जस्ता कामका लागि मात्र प्रयोग गर्न चाहनुहुन्छ भने ८जीबी र्याम भएको स्मार्टफोन तपाईंका लागि उत्तम विकल्प हुन सक्छ । यति र्याम भएको फोनले तपाईंलाई स्मूथ मल्टिटास्किङ अनुभव गराउनेछ र कुनै समस्या नआउनेछ । यद्यपि, र्याम सँगै प्रोसेसर पनि राम्रो हुनु अनिवार्य हुन्छ ।

यदि तपाईं धेरै गेम खेल्नुहुन्छ, हेभी एडिटिङ गर्ने एप्स प्रयोग गर्नुहुन्छ वा फोनमै कुनै प्रोफेशनल काम गर्नुहुन्छ भने तपाईंले कम्तिमा १२ जीबी वा १६ जीबी र्याम भएको डिभाइस छनोट गर्नु पर्छ । २०२५ मा धेरै फ्ल्यागशिप डिभाइसहरू लञ्च भइसकेका छन्, जसमा तपाईंले १६ जीबी र्याम सँगै ५ देखि ६ वर्षसम्म कुनै पनि ढिलाइ बिना राम्रो प्रदर्शन पाउन सक्नुहुन्छ ।

यी हुन् केही १६ जीबी र्याम भएका उत्कृष्ट स्मार्टफोनहरूः

वानप्लस १३
एसस आरओजी फोन ९ प्रो
नुबिया रेडम्याजिक १० प्रो
भिभो एक्स २०० प्रो
सामसंग ग्यालेक्सी एक्स २५ अल्ट्रा

त्यसैगरी, यदि तपाईं फ्युचर–प्रूफ फोन किन्न चाहनुहुन्छ भने अहिलेका लागि १२ जीबी र्याम भएको फोन उत्तम विकल्प हुन सक्छ, किनभने एप्स र सफ्टवेयरहरू लगातार हैवी हुँदै गइरहेका छन्, जसका कारण भविष्यमा र्यामको माग अझ बढ्ने निश्चित छ ।