फोनको स्टोरेज भरिएपछि हामी यसलाई खाली गर्छौं। तर धेरैपटक अधिकांश फाइलहरू जरुरी नै हुन्छन्, जसका कारण तिनीहरूलाई मेटाउन सकिंदैन।
यस्तो अवस्थामा ती फाइलहरूलाई ल्यापटपमा ट्रान्सफर गर्ने मात्र विकल्प हुन्छ । मानिसहरू प्राय: ती फाइलहरू ल्यापटपमा ट्रान्सफर गर्न केबल प्रयोग गर्छन्, तर यो धेरै समय लाग्ने प्रक्रिया हो।
पहिले केबललाई फोन र ल्यापटपसँग कनेक्ट गर्नुपर्छ, त्यसपछि ल्यापटपमा फोनको स्टोरेज खोलेर फाइल कपी गर्नुपर्छ । यसबीच लामो समय लाग्छ र कहिलेकाहीँ केबल छुट्दा फाइल ट्रान्सफर रोकिन्छ।
तर केबल बिना नै फोनको डेटा ल्यापटपमा ट्रान्सफर गर्न सक्नुहुन्छ । यसको लागि २ वटा तरिका छन् ।
१) क्लाउड-आधारित तरिका
फोनबाट ल्यापटपमा डेटा पठाउन तपाईं क्लाउड-आधारित तरिका प्रयोग गर्न सक्नुहुन्छ। यो फाइलहरू पठाउने वायरलेस विधि हो।
-
पहिले आफ्नो एन्ड्रोइड वा आइफोनमा गुगल ड्राइभ, ड्रपबक्स वा वनड्राइभ जस्ता क्लाउड स्टोरेज एप इन्स्टल गर्नुहोस्।
-
एप खोल्नुहोस् र लगइन गर्नुहोस्। जस फाइलहरूलाई तपाइँ ल्यापटपमा पठाउन चाहनुहुन्छ ती फाइलहरू एपमा अपलोड गर्नुहोस्।
-
अब आफ्नो ल्यापटप खोल्नुहोस् र वेब ब्राउजरमा सोही क्लाउड स्टोरेज सर्भिस खोल्नुहोस् , जस्तै google.com/drive
-
त्यही युजर आईडी र पासवर्डले लगइन गरी मोबाइलमा अपलोड गरेको फाइलहरू आफ्ना ल्यापटपमा डाउनलोड गर्नुहोस्।
२) ओटीजीमार्फत
अर्को तरिका ओटीजी एडाप्टर प्रयोग गरेर डेटा ट्रान्सफर गर्नु हो, यो केही समय पहिले निकै प्रचलित तरिका थियो र अझै काम चलाउ माध्यम हो।
-
पहिले आफ्नो फोनमा ओटीजी एडाप्टरमार्फत पेन ड्राइभ कनेक्ट गर्नुहोस्।
-
पेन ड्राइभ कनेक्ट भएपछि, ती फाइलहरू त्यहाँ कपी/मुभ गर्नुहोस् जुन तपाईंले ल्यापटपमा ट्रान्सफर गर्न चाहनुहुन्छ।
-
ध्यान दिनुहोस् कि केही फोनहरूमा पहिले ओटीजी सक्षम गर्ने सेटिङ हुन्छ, त्यो सक्रिय गर्नुहोस्।
-
जब डेटा पेन ड्राइभमा आउँछ, त्यसलाई ल्यापटप/कम्प्युटरमा जोड्नुस् र फाइलहरू आफ्नो सिस्टममा ट्रान्सफर गर्नुहोस्।
यी दुई विधिमध्येको कुनै एक प्रयोग गरेमा तपाईंले केबलको झन्झट विना नै सजिलै फोनको डेटा ल्यापटपमा सार्न सक्नुहुनेछ।