‘प्लस टु’ सकेपछि धेरै विद्यार्थीको मनमा एउटै प्रश्न उठ्छ — अब के गर्ने ? विज्ञान, व्यवस्थापन, मानविकी — जुनसुकै संकायबाट अध्ययन गरेको भए पनि सूचना प्रविधिको क्षेत्रमा केही गर्ने सोच धेरैको हुन्छ । प्रविधिमा रुचि राख्ने युवा पुस्ताका लागि यो क्षेत्र अवसर र चुनौती दुवै हो ।
अझ अहिलेको युगमा, सूचना प्रविधि (आईटी) अनिवार्य जस्तै भइसकेको छ । अहिलेको युवा पुस्ता प्रविधिसँगै हुर्किरहेको छ । तर, आईटी भन्नासाथ के पढ्ने ? र किन पढ्ने ? भन्ने स्पष्ट जानकारी धेरैलाई नहुँदा निर्णय गर्न गाह्रो पर्छ ।
यो पनि पढ्नुहोस्: प्लस टुपछि आईटी: के पढ्ने, किन पढ्ने र कस्तो छ अवसर ?
कतिपय आफ्नै इच्छाले आईटी पढ्न आएका हुन्छन् भने कति अरूको तल लहमै । कुनै समय थियो पढेपछि मात्रै पनि जागिर पाइन्थ्यो, तर अहिले समय फेरिएको छ । प्रतिस्पर्धा बढेको छ । डिग्रीभन्दा पनि सीपलाई महत्त्व दिन थालिएको छ ।
त्यसमाथि प्लस टुपछिको उच्च शिक्षा अर्थात स्नातकको बाटो भनेको ‘भविष्यको रेखा कोर्ने’ समय हो । यस्तो अवस्था आईटीको विस्तृत जानकारी लिएर मात्रै पढ्नु उपयुक्त हुन्छ ।
यदी तपाई पनि प्लस टुपछि स्नातक तहमा आईटी पढ्ने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईहरूका लागि हो ।