कीवर्डहरू -

काईयी एक्सचेन्ज कार्निभलको समय थप, पुरानो गाडी साटेर नयाँ ईभी गाडी खरिद गर्न सकिने

काईयी एक्सचेन्ज कार्निभलको समय थप, पुरानो गाडी साटेर नयाँ ईभी गाडी खरिद गर्न सकिने

काईयी नेपालले आयोजना गरिरहेको काईयी एक्सचेन्ज कार्निभल २०८२ को समयावधि थप गरिएको छ । 

कम्पनीका अनुसार ग्राहकवर्गमा देखिएको उत्साहलाई मध्यनजर गर्दै कार्निभलको समय वैशाख २९ गतेसम्मका लागि थप गरिएको हो ।

मेला थापाथलीमा काईयीको सोरुम नजिकै बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुनेछ । कार्निभलमा कुनै पनि पुरानो गाडी साटेर नयाँ काईयी ईभी गाडी खरिद गर्न सकिनेछ ।

यसका लागि कार्निभलमा नै मूल्यांकनको सुविधा दिइएको छ । यसमा विभिन्न उपहारहरू, नगद छुट, बोनस, इन्सुरेन्स, करलगायत सेवाहरू पनि दिइएको छ ।