कीवर्डहरू -

विगतका घोषणापत्र अध्ययनका लागि कानुन पोर्टलको ‘इलेक्सन आई’ सार्वजनिक

विगतका घोषणापत्र अध्ययनका लागि  कानुन पोर्टलको ‘इलेक्सन आई’ सार्वजनिक

विगतका निर्वाचनमा राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्रहरूको अध्ययन तथा तुलना गर्न ‘इलेक्सन आई’ नामक अनलाइन पोर्टल सञ्चालनमा आएको छ।

इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट, एआई फर जस्टिस र सिन्यापस टेक्नोलोजीजसँगको सहकार्यमा तयार पारिएको लिगल टेक प्लेटफर्म कानुन पोर्टलले उक्त अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो । 

इलेक्सन आई (Election Eye) पोर्टलका लागि सनवे कलेजका विद्यार्थीले २०७०, २०७४ र २०७९ सालका निर्वाचनमा विभिन्न राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्रहरूलाई एकै स्थानमा संकलन गरी तुलनात्मक रूपमा हेर्न सकिने व्यवस्था गरेको हुन् ।

पोर्टलमा स्वास्थ्य, शिक्षा, कृषि, रोजगार, पूर्वाधार, ऊर्जा, वातावरण तथा शासनजस्ता नीतिगत क्षेत्रहरू समेटिएका छन्। प्रयोगकर्ताले विभिन्न क्षेत्र छानेर सम्बन्धित दलहरूको घोषणापत्रमा समावेश विषयवस्तु अध्ययन गर्न सक्नेछन्।

यसमा छोटो प्रश्नावलीमार्फत विभिन्न नीतिगत प्राथमिकतासम्बन्धी जानकारी हेर्न सकिने सुविधा पनि राखिएको छ। साथै, घोषणापत्रसम्बन्धी विवरण पीडीएफ ढाँचामा डाउनलोड गरी अध्ययन गर्न सकिने व्यवस्था गरिएको छ।

पोर्टल विकासकर्ताहरूले यो पहल सूचनामूलक र अध्ययनका उद्देश्यले तयार गरिएको बताएका छन्। यसले विगतका घोषणापत्रहरूको अभिलेख तथा तुलनात्मक अध्ययन सहज बनाउने अपेक्षा गरिएको छ।