कान्तिपुर सिटी कलेजले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) नेपालबाट गुणस्तर प्रत्यायन प्राप्त गरेको छ। आयोगद्वारा प्रदान गरिएको यो प्रत्यायनले कलेजले कायम गर्दै आएको शैक्षिक मापदण्ड र संस्थागत व्यवस्थापनलाई औपचारिक मान्यता दिएको हो।
प्रत्यायन प्राप्तिसँगै कलेजले आफ्नो शैक्षिक सेवा, प्रशासनिक संरचना तथा विद्यार्थीमैत्री वातावरणलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ। कलेज प्रशासनले यो उपलब्धि हासिल गर्न योगदान पुर्याउने शिक्षक, कर्मचारी, विद्यार्थी तथा अन्य सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेको छ।
उच्च शिक्षामा गुणस्तर सुनिश्चितता र प्रतिस्पर्धात्मकता बढाउने सन्दर्भमा यस्तो प्रत्यायनलाई महत्वपूर्ण सूचकका रूपमा हेरिन्छ। कलेजले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा आफ्नो प्रयासलाई निरन्तरता दिने जनाएको छ।
आईसीटी समाचार