कीवर्डहरू -

कताहोले जित्यो सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२५

कताहोले जित्यो सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२५

सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२५ कताहोलाई प्रदान गरिएको छ । शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले कार्यक्रममा कताहोलाई सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२५ प्रदान गरिएको हो ।

डिजिटल प्रविधिको प्रयोगमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रयासरत कम्पनी, एकेडेमीया, सरकार, विकास साझेदार तथा गैरनाफामुलक संस्थाका आईटी इन्नोभेसनहरूलाई यो अवार्ड दिने गरिन्छ ।

यस विधामा यस वर्ष कताहोले जित्न सफल भएको हो । अनुसन्धानकर्ता राम–लक्ष्मण नेतृत्वको टिमले विकास गरेको डिजिटल ठेगाना प्रणाली हो, कताहो ।  

पाँच वर्षको अनुसन्धानपछि विकसित यो प्रणालीले निःशुल्क क्युआर कोडसहितको डिजिटल ठेगाना बनाउने सुविधा प्रदान गर्छ। 

विपद् र आपतकालीन अवस्थाको लागि इमर्जेन्सी रेस्पोन्स कन्सोल र साइरनको पनि सुविधा रहेको छ। यो सुविधा हाल तार्केश्वर नगरपालिकामा लागू भइसकेको छ । 

साथै काठमाडौं महानगरपालिकाले कताकोसँगको सहकार्यमा एनएफसी प्रविधिमा आधारित ठेगाना प्रणाली जडान सुरू गरेको छ ।