डिजिटल वालेट खल्तीले नेपालमै पहिलो पटक वालेटमा आधारित स्मार्ट डिपोजिट सेवा सुरू गरेको छ । मञ्जुश्री फाइनान्ससँगको सहकार्यमा खल्ती स्मार्ट डिपोजिट सेवा सुरू गरेको हो ।
अब खल्ती प्रयोगकर्ताले एपबाटै नियमित रूपमा १०० रूपैयाँबाट आफ्नो बचत यात्रा सुरू गर्न सक्ने छन् । खल्तीको फाइनान्सियल सर्भिसेस सेक्सनमा गएर स्मार्ट डिपोजिटमा क्लिक गर्न सक्नेछन् ।
त्यसपछि राष्ट्रिय परिचयपत्र नम्बर राखेर १०० देखि ५ हजार रूपैयाँसम्म दैनिक, साप्ताहिक वा मासिक रूपमा डिपोजिट गर्न सक्ने छन् । डिपोजिटको समय ६ महिनादेखि ५ वर्षसम्म राख्न सकिने छ ।