नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दसैँको दोस्रो च्याप्टर घोषणा गरेको छ । यस योजना अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले वल्डलिंकको बिल भुक्तानी गरी नामी ०१ ई३ ईभी कार जित्न सक्नेछन् ।
भदौ ३० देखि पुष १० गतेसम्म लागु हुने यस अफरमा प्रयोगकर्ताहरूले खल्तीबाट वल्डलिंक इन्टरनेटको बिल भुक्तानी गरी नामी कार जित्न सक्ने छन् ।
यसका साथै, प्रयोगकर्ताहरूले हरेक हप्ता सामसङको प्रडक्ट जित्न सक्नेछन् भने बोटका प्रडक्टहरूमा ५३ प्रतिशतसम्मको अनि सामसङका प्रडक्टहरूमा ३९ प्रतिशत सम्मको छुट भाउचरहरू प्राप्त गर्न सक्नेछन् ।
यो अफर नयाँ वल्डलिंक सब्सक्रिप्सन् साथै नवीकरण दुबैका लागि लागु हुनेछ । यस योजना अन्तर्गत १ महिना देखि २४ महिना सम्मको इन्टरनेट प्याकेज भुक्तानीमा र्याफल टिकट (विशेष कुपन) पाइने व्यवस्था गरिएको छ र सोही कुपन मार्फत प्रयोगकर्ताहरू लक्की ड्रका लागि छनोट हुनेछन् ।
गत दसैँमा ‘खल्तीबाट वल्डलिंकको भुक्तानी गरेर दुबई घुमौँ रमेर’ अफरमार्फत २४ जोडीले दुबई घुम्ने मौका पाएका थिए भने यस पाली ‘गाडी चढौँ सरर’ अफरमा ईभी जित्ने मौका रहेको छ।
खल्तीले आफ्नो ‘खल्ती फुल दसैँ’ योजना अन्तर्गत पहिलो च्याप्टरमा आन्तरिक फ्लाइट टिकट काट्दा थाइल्यान्ड घुम्ने अफर पनि घोषणा गरेको थियो । यसका साथै अझै धेरै आकर्षक खल्ती फुल च्याप्टरहरू आउन बाँकी रहेको खल्तीले जनाएको छ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले चाडपर्वको अग्रिम शुभकामना दिँदै सबै प्रयोगकर्ताले धेरै भन्दा धेरै कारोबार गरी खल्ती फुल हुने अफरहरू रहेको ‘खल्ती फुल दसैँ’ योजनाबाट लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।
आईसीटी समाचार