सुर्खेतको कोपिला भ्याली स्कुलले डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२५ (प्राइभेट सेक्टर) प्राप्त गरेको छ ।
शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले कार्यक्रममा सुर्खेतको कोपिला भ्यालीलाई डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२५ (प्राइभेट सेक्टर) प्रदान गरिएको हो ।
सूचना प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाई र अध्यापन राम्रो बनाएका निजी क्षेत्रका स्कुललाई यो अवार्ड प्रदान गरिन्छ । यो वर्ष प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिएको कोपिला भ्याली स्कुलले डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड पाएको छ ।
सन् २००७ मा सुर्खेतमा स्थापना भएको कोपिला भ्याली स्कुल गैर–नाफामूलक शैक्षिक संस्था हो। ४५८ विद्यार्थी अध्ययनरत विद्यालयले प्रविधिमैत्री, दिगो, समावेशी र होलिस्टिक शिक्षामा जोड दिएको छ।
विद्यालयमा ल्यापटप, डेस्कटप, फायरवाल, सीसीटीभी, प्रिन्टर, आरडिनो, वाईफाई एक्सेस पोइन्ट र क्लाउड–म्यानेज्ड उपकरणहरू उपलब्ध छन्।
सिकाइमा प्रभावकारिता बढाउन गूगल क्लासरूम, खान एकेडेमी, डुओलिङ्गो, डायनामिक ईआरपी लगायत सफ्टवेयर प्रयोग भइरहेको छ। विद्यालयले डिजिटल पेडागोजी, आधुनिक कम्प्युटर र साइन्स ल्याबसहित गुणस्तरीय शिक्षा प्रवाह गर्दै आएको छ।
आईसीटी समाचार