कीवर्डहरू -

यातायात कार्यालयमा रहेका पुराना अभिलेखलाई डिजिटलाइजेसन गर्न कोशीले छुट्यायो ४ करोड बजेट

यातायात कार्यालयमा रहेका पुराना अभिलेखलाई डिजिटलाइजेसन गर्न कोशीले छुट्यायो ४ करोड बजेट

कोशी प्रदेशले यातायात कार्यालयमा रहेका पुराना अभिलेखलाई डिजिटलाइजेसन गर्न ४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले यस्तो बताएका हुन् । 

यातायात कार्यालयमा रहेका पुराना अभिलेखलाई डिजिटलाइजेसन गरी प्रवाह हुने सेवा छिटो छरितो बनाउन ४ करोड विनियोजन गरिएको उनले बताए । 

यस्तै सवारी दर्ता, नवीकरण, नामसारी लगायतका सेवालाई सहज र सरल बनाउन विद्युतीय सवारी साधन दर्ता प्रणाली (इभिआरएस) विकासका लागि ८० लाख रूपैयाँ विनियोजन गरिएको छ ।

 साथै सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाई सडक दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक सवारी साधनमा भौगोलिक अवस्थिति प्रणाली (जिपिएस) सहितको डिजिटलाइजेसनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।