आजको डिजिटल युगमा ल्यापटप हाम्रो दैनिकी आवश्यकता बनेको छ। अफिसको प्रोजेक्ट पूरा गर्नहोस्, अनलाइन कक्षा उपस्थित हुनहोस् वा वेब सिरिज हेर्न होस्, हरेक कामका लागि ल्यापटपको व्यापक प्रयोग हुन्छ। धेरैले ल्यापटपलाई सधैं चार्जिङमा राख्ने बानी बनाइसकेका छन्। तर के यस्तो गर्नु ठीक हो? उत्तर: होइन, र यसको कारण जान्नु अत्यन्त जरुरी छ।
जब ल्यापटप लगातार चार्जमा रहन्छ, तब १००प्रतिशत चार्ज भएपछि पनि बिजुली आपूर्ति जारी रहन्छ। यसले ब्याट्रीभित्रको तापक्रम बढाउँछ र लिथियम–आयन सेलहरूमा निरन्तर दबाव पर्छ। बिस्तारै त्यो दबाव ब्याट्रीको चार्ज राख्ने क्षमता घटाउँछ र ब्याकअप समय कम हुन थाल्छ। केही वर्षमात्र पुरानो हुँदा पहिले जे कति घण्टा चल्थ्यो, आज त्यो केहि घण्टामा डिस्चार्ज हुन थाल्छ।
प्रविधि विशेषज्ञहरूको अनुसार, ब्याट्रीलाई सँधै २०प्रतिशत देखि ८०प्रतिशतबीचमै राख्नु नै उत्तम हुन्छ। यदि तपाईं बारम्बार यसलाई १००प्रतिशत सम्म राख्नुहुन्छ भने ब्याट्रीको लाइफसाइकल छिट्टै समाप्त हुन्छ अर्थात् ब्याट्रीले आफ्नो क्षमता गुमाउन थाल्छ र केही वर्षभित्रै परिवर्तन गर्नुपर्ने अवस्था आउँछ।
सधैं चार्जिङमा राख्दा ल्यापटप लगातार तातो रहन्छ र त्यसले प्रदर्शन घटाउँछ। जब तपाईं भारी सफ्टवेयर चलाउनुहुन्छ वा गेम खेल्नुहुन्छ, ल्यापटप छिटो तातो हुन्छ। लगातार घण्टौँ चार्जिङ चलिरहेमा तापक्रम अझ बढ्छ जसले ब्याट्री, मदरबोर्ड र प्रोसेसरलाई नोक्सान पुर्याउन सक्छ।
ब्याट्री लामो टिकाउन के गर्ने?
यदि तपाईं चाहनुहुन्छ कि ल्यापटप स्मूथ तरिकाले चलोस् भने चार्जिङ बानीमा केही परिवर्तन आवश्यक पर्छ। प्रयास गर्नुहोस् कि ब्याट्री ८०प्रतिशत पुगेपछि चार्जर निकाल्नुहोस् र फेरि तब मात्र लगाउनुहोस् जब चार्ज २०प्रतिशत भन्दा तल झर्छ।
धेरै आधुनिक ल्यापटपहरूमा अब स्मार्ट चार्जिङ वा ब्याट्री हेल्थ मोड जस्ता फीचरहरू पनि उपलब्ध छन्, जसले आफैंले चार्जिङ नियन्त्रण गरेर ब्याट्रीलाई लामो समयसम्म सुरक्षित राख्दछन्।
आईसीटी समाचार