डिजिटल वालेट पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज भएको छ । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज गरेको हो ।
भुक्तानी तथा फस्र्योट ऐन, २०७५, भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ का विभिन्न प्रावधानहरूको उल्लङ्घन गरेको पाइएपछि असार ५ गते बसेको सञ्चालक समितिको लाइसेन्स खारेज गरेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्ने गरी पेवेलले २०७७ असोज ११ गते र सजिलो पेले २०७७ चैत १७ गते अनुमति पाएका थिए ।
यसअघि हुन्डी, तस्करीलगायत गैरकानुनी कारोबारमा संलग्न भेटिएपछि नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरु पेवेल नेपाल र सजिलो पेको बैंक खाता रोक्का गरेको थियो।