कीवर्डहरू -

आइसिटी अवार्ड २०२५ का सेमिफाइनलिष्टहरूका लागि आईतबार मेन्टरिङ सेसन हुँदै

आइसिटी अवार्ड २०२५ का सेमिफाइनलिष्टहरूका लागि आईतबार मेन्टरिङ सेसन हुँदै

आइसिटी अवार्ड २०२५ का सेमि फाइनलिष्टहरूका लागि आईतबार अर्थात आज मेन्टरिङ सेसन हुने भएको छ । दिउँसो १२ बजेदेखि बागबजारको मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा सुरू हुने मेन्टरिङ सेसन बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ । 

आइसिटी अवार्डको प्रि-ईभेन्टको रूपमा आयोजना भएको मेन्टरिङ सेसनमा स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसल इन्नोभेसन विधाका सेमिफाइनलिष्टहरू सहभागी हुनेछन् । 

मेन्टरिङ सेसनमा मेन्टरको रूपमा प्रशिक्षक तथा टेन्जेन्ट वेभ्सका संस्थापक सुमन शाक्य, प्रिज्मा एडभरटाइजिङका सीईओ रञ्जित आचार्य र वानपोइन्ट फाइनान्सियलका कार्यकारी निर्देशक विकास नहाटा रहेका छन् । 

यस्तै वक्ताको रूपमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ता, वेद एपका निर्देशक निर्देश द्वा, डिजिटल एज नेपालकी प्रबन्ध निर्देशक दिब्या दली र क्रिमसन टेकका सह-संस्थापक सम्बन्ध पाठक रहेका छन् । 

मेन्टरिङ सेसनमा स्टार्टअप तथा आईडियाहरूको बिजनेस मोडल सिर्जना गर्न, स्केल गर्न र बजारीकरण गर्नका लागि आवश्यक ज्ञान प्रदान गरिने छ । 

null