माइक्रोसफ्टले आफ्नो विवादास्पद रिकल फिचर घोषणा गरेको करिब एक वर्ष पछि अन्ततः कोपाइलट प्लस एआई पीसीहरूमा यसको सुरुवात गरेको छ ।
यो सुरुवात केही हप्ता अघि विन्डोज इन्साइडरसँग व्यापक परीक्षण गरेपछि आएको हो । रिकलसँगै माइक्रोसफ्टले केही अन्य एआई-सञ्चालित फिचरहरू पनि ल्याएको छ, जस्तै सुधारिएको विन्डोज सर्च र क्लिक टु डु, जसले तपाईंलाई तपाईंको हालको एपहरू भित्रैबाट छिटो एआई फिचरहरू प्रयोग गर्न दिन्छ ।
यो अपडेट सबै कोपाइलट प्लस पीसीहरूमा तुरुन्तै आउने छैन । माइक्रोसफ्टले यो क्रमशः सम्भावित समस्याहरू पनि निगरानी गर्दै अर्को एक महिनामा विस्तार गर्ने योजना बनाएको छ ।
रिकल माइक्रोसफ्ट को कोपाइलट प्लसको घोषणा सँगै गएको मे महिनामा सबैभन्दा ठूला फिचरहरू मध्ये एक थियो, तर तुरुन्तै यसको गोपनीयता सम्बन्धी समस्याहरूको कारण आलोचना भएको थियो ।
आधारभूत रूपमा, रिकलले तपाईंको पीसीमा तपाईं के गर्दै हुनुहुन्छ भन्ने कुराको लगातार स्क्रिनसट खिच्छ र ती स्क्रिनसटहरूबाट शब्द र तस्विरहरू खोज्न एआई प्रयोग गर्छ ।
हप्ता अगाडि काम गरेको कुनै कागजात वा हेरेको वेबसाइट खोज्न गाह्रो नहोस् भनेर यो ल्याइएको हो । तर सुरुमै यो फिचर स्वचालित रूपमा सक्षम हुने र स्क्रिनसटहरूको डाटाबेस सुरक्षितरूपमा स्टोर हुने भन्दै गोपनीयता समर्थकहरूले आपत्ति जनाएका थिए । यसले रिकललाई महिनौंसम्म ढिला गराएको थियो ।
अब स्क्रिनसट र सम्बन्धित डाटा VBS enclave भित्र सुरक्षित गरिनेछ, जसलाई कम्पनीले software-based trusted execution environment (TEE) भनेर वर्णन गरेको छ ।
साथै रिकल फिचर तपाईंले आफैंले पीसी सेटअप गर्दा म्यानुअली सक्षम गर्नुपर्नेछ, विन्डोज हेलो, बायोमेट्रिक सुरक्षा अनिवार्य हुनेछ र तपाईं चाहेमा रिकल फिचरलाई पूर्णरूपमा अनइन्स्टल पनि गर्न सकिनेछ ।
माइक्रोसफ्टले सुरक्षालाई गम्भीर रूपमा लिन थालेको देख्दा राम्रो लागेको भए पनि यो व्यापक आलोचना पछि मात्र परिवर्तन आएको कुरा चिन्ताजनक छ ।
कम्पनीले आफ्नो कोपाइलट प्लस पीसी बेच्नका लागि चाँडै चम्किलो एआई फिचर ल्याउन हतार गरेजस्तो देखिन्छ, जसले प्रयोगकर्ताका लागि उत्तम उत्पादन ल्याउन नदिएको जस्तो देखिन्छ ।
त्यसैले, रिकल वा कुनै पनि माइक्रोसफ्ट का एआई-सक्षम कोपाइलट फिचरहरूलाई पूर्णरूपमा विश्वास गर्न गाह्रो हुन सक्छ।
यसपटक कम विवादास्पद कुरा भनेको सुधारिएको विन्डोज सर्च हो । अब तपाईं आफ्नै शब्दहरू प्रयोग गरेर कागजात र तस्विरहरू खोज्न सक्नुहुन्छ, त्यसैले फाइलको नाम वा अन्य विवरण सम्झनु नपर्ने हुन्छ । रिकल लगायत सबै कोपाइलट प्लस फिचरहरू जस्तै, यो नयाँ सर्च पनि तपाईंको पीसी भित्रै (स्थानीय रूपमा) चल्नेछ, क्लाउडमा केही पनि पठाइने छैन ।
क्लिक डु फिचर सजिलै माइक्रोसफ्टका एआई टुल्स प्रयोग गर्न चाहन्छन्, तिनीहरूका लागि उपयोगी हुन सक्ने छ । तपाईं कुनै पनि टेक्स्ट हाइलाइट गरेर छिट्टै कोपाइलटबाट समराइज वा रिराइट गर्न सक्नुहुन्छ, कोपाइलट एपमा जानुपर्ने छैन ।
यो फिचर विन्डोज की थिचेर र स्क्रिनमा क्लिक गरेर, टचस्क्रिनमा दायाँ स्वाइप गरेर वा विन्डोजको स्टार्ट मेन्यु र स्निपिङ टुल जस्ता ठाउँमा देखिने क्लिक टु डु आइकनमा क्लिक गरेर प्रयोग गर्न सकिन्छ ।