कीवर्डहरू -

माइन्डब्रिजलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२५ प्रदान

माइन्डब्रिजलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२५ प्रदान

माइन्डब्रिजलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२५ प्रदान गरिएको छ ।

शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले कार्यक्रममा माइन्डब्रिजलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२५ प्रदान गरिएको हो ।

यस विधामा विद्यार्थी वा ३० वर्षभन्दा मुनिका व्यक्तिले बनाएका आइटी प्रोजेक्टलाई सम्मान तथा प्रोत्साहन गरिन्छ । यस वर्ष प्राप्त आवेदन मध्येबाट माइन्डब्रिज यो अवार्ड जित्न सफल भएको हो । 

माइन्डब्रिज पूर्वाञ्चल क्याम्पसका २२ वर्षीय दिपेश आचार्य, २१ वर्षीय कृतम भट्टराई र २१ वर्षीय कुशल अधिकारीले विकास गरेको प्लेटफर्म हो।

डिस्लेक्सिया भएका बालबालिकाले माइन्डब्रिजमार्फत आवाज सुन्दै पढ्न, रंगको सहायताले अक्षर छुट्याउन, AR बाट शब्दहरू 3D मा हेर्न र खेलमा आधारित सिकाइमार्फत सहज रूपमा सिक्न सक्छन्। 

यसले पढाइका क्रममा बच्चा तनावग्रस्त, निराश वा थाकेको देखिएमा शिक्षक वा अभिभावकलाई तुरुन्तै सूचित पनि गर्छ।