कीवर्डहरू -

२ करोड ६२ लाख ५२ हजार पुगे मोबाइल ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता

२ करोड ६२ लाख ५२ हजार पुगे मोबाइल ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता

मोबाइल ब्रोडब्याण्ड इन्टरनेट प्रयोग गर्नेको संख्या एक महिनामै २ लाख ६६ हजार ८७४ ले बढेका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार २०८१ चैतमा २ करोड ५९ लाख ८५ हजार ३०२ रहेकोमा वैशाखसम्म आउँदा २ करोड ६२ लाख ५२ हजार १७६ पुगेको छ । 

प्राधिकरणले सार्वजनिक गरेको २०८२ वैशाखसम्मको दूरसञ्चार सूचकहरू प्रतिवेदनमा २ करोड ६२ लाख ५२ हजार १७६ मोबाइल ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता मध्ये ८ लाख ७६ हजार ७५३ थ्रीजी प्रयोगकर्ता र २ करोड ५३ लाख ७५ हजार ४२३ फोरजी प्रयोगकर्ता रहेका छन् । 

यो अवधिमा नेपाल टेलिकमले प्रयोगकर्ता बढाउन सफल भएको छ । २०८२ वैशासम्म नेपाल टेलिकमका १ करोड ३७ लाख ४१ हजार ३६ फोरजी प्रयोगकर्ता छन् । २०८१ चैतसम्ममा टेलिकमा फोरजी प्रयोगकर्ता १ करोड ३५ लाख ४ हजार १९ थिए । एक महिनाको समयमा टेलिकमले २ लाख बढी नयाँ फोरजी प्रयोगकर्ता थप्न सफल भएको छ । 

यता एनसेलको भने ग्राहकहरू घटेका छन् । २०८१ चैतसम्म १ करोड १६ लाख ७५ हजार ५०७ रहेकोमा २०८२ वैशासम्म एनसेलका फोरजी ग्राहक घटेर १ करोड १६ लाख ३४ हजार ३८७ रहेको छ । एक महिनाको अवधिमा एनसेलले ४१ हजार फोरजी ग्राहक गुमाएको छ ।