कीवर्डहरू -

एसएमएसबाट फिशिङ लिंक पठाएर ४ हजार बढी ईसेवा अकाउन्टमा पहुँच, १ करोड रूपैयाँ चोरी

एसएमएसबाट फिशिङ लिंक पठाएर ४ हजार बढी ईसेवा अकाउन्टमा पहुँच, १ करोड रूपैयाँ चोरी

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले फिशिङ लिंक पठाइ ईसेवाको रकम चोरी गर्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरका घर भइ काठमाडौं बस्ने २२ वर्षीय राहुल बुढा रहेका छन् ।  

उनले विभिन्न व्यक्तिहरुलाई एसएमएसमार्फत The Alert, AT Alert जस्ता नामबाट फिशिङ लिंक पठाई तपाईको खाता सस्पेन्ड हुन लागेको भनी चेतावनी दिदै भेरिफाईको लागि लिंक खोल्ने लगाई ईसेवा अकाउन्टमा अनधिकृत पहुँच पुर्‍याउने गरेका थिए । 

यसरी अनधिकृत पहुँच पुऱ्याई ४००० भन्दा बढी व्यक्तिहरुको ईसेवामा रहेको मौज्दात रकम Pashupati Global Innovation Private Limited को मर्चेन्ट खाताहरूमा १ करोड २ लाख रूपैयाँ बराबरको रकम ट्रान्सफर गरेको जानकारी प्रहरीले दिएको छ । 

निजलाई वैशाख २ गते कालीमाटीबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

null