स्मार्टफोनका लागि परिचित कम्पनी मोटोरोला अब ल्यापटप सेग्मेन्टमा पनि प्रवेश गर्न गइरहेको छ । मोटोरोलाले हालै एक टिजर सार्वजनिक गर्दै नयाँ ल्यापटपहरू लञ्च गर्ने तयारीमा रहेको संकेत दिएको छ । यद्यपि, कम्पनीले हालसम्म ल्यापटपको लञ्च मिति, स्पेसिफिकेसन वा नाम जस्ता जानकारी भने सार्वजनिक गरेको छैन् ।
मोटोरोला हाल लेनोभो अन्तर्गत पर्ने कम्पनी हो । लेनोभो एक प्रसिद्ध चिनियाँ ब्रान्ड हो, जुन विश्वभर पर्सनल कम्प्युटर र ल्यापटप निर्माणको लागि परिचित छ । यस्तोमा अनुमान गरिएको छ कि मोटोरोलाका नयाँ ल्यापटपहरूमा लेनोभोको प्रविधिक दक्षता र अनुभवको प्रयोग हुनेछ । यसले मोटोरोलालाई बजारमा सशक्त सुरुआत गर्न मद्दत पु¥याउन सक्छ ।
मोटोरोला पहिले नै एक भरपर्दो ब्रान्ड बनिसकेको छ, विशेष गरी यसको एज ४०, एज ५०, र रेजर सिरिजका स्मार्टफोनहरू लोकप्रिय छन् । अब मोटोरोला ल्यापटपको दुनियाँमा पाइला चाल्दैछ, जसले बजारमा प्रतिस्पर्धा अझ चर्को बनाउन सक्छ । यद्यपि, हालसम्म लञ्च मिति वा प्रोडक्टसम्बन्धी अन्य जानकारी बाहिर आएको छैन् ।
आजका दिनमा धेरै स्मार्टफोन कम्पनीहरू पहिले नै ल्यापटप बनाइरहेका छन् । सामसंग, एप्पल र इन्फिनिक्स जस्ता ब्रान्डहरूसँग पहिले नै ल्यापटपका उत्पादनहरू छन् । यस्तोमा मोटोरोलाका लागि चुनौती त अवश्य रहनेछ, तर लेनोवोको अनुभवको साथमा मोटोरोलाले एक बलियो सुरुवात गर्न सक्छ । आगामी केही हप्ता वा महिनामा मोटोरोलाले आफ्ना ल्यापटपहरूबारे थप जानकारी सार्वजनिक गर्न सक्छ ।
एक ठूलो प्रश्न भनेको के मोटोरोलाका ल्यापटपहरू पूर्ण रूपमा नयाँ र मौलिक हुनेछन्, वा केवल लेनोवोका कुनै मोडेलको रीब्रान्डेड संस्करण मात्र हुनेछन्? अनुमान गरिँदैछ कि कम्पनीले सुरुवातमा प्रीमियम सेग्मेन्टलाई लक्षित नगर्ने सम्भावना छ, किनभने उक्त श्रेणीमा पहिले नै एप्पल, असुस, डेल र लेनोभो जस्ता ब्रान्डहरूको प्रभुत्व रहेको छ । मोटोरोलाले मिड–रेन्ज वा बजेट सेग्मेन्टमा ध्यान दिन सक्छ, जसले गर्दा धेरै ग्राहकले यसलाई स्वीकार गर्न सकून् ।