कीवर्डहरू -

बुधबारदेखि नाइमाको नेपाल मोबिलिटी एक्स्पो, तयारी अन्तिम चरणमा

बुधबारदेखि नाइमाको नेपाल मोबिलिटी एक्स्पो, तयारी अन्तिम चरणमा

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले साउन २१ बुधबारदेखि २५ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्दैछ । 

एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डको सहभागिता रहने र ३५ वटा नयाँ सवारीसाधन सार्वजनिक गरिने बताइएको छ । 

अहिले तयारी अन्तिम चरणमा पुगेको छ । १५ दुई पाङ्ग्रे, १५ चार पाङ्ग्रे र ५ व्यावसायिक नयाँ सवारीसाधन सार्वजनिक गरिने यस प्रदर्शनी स्थलमा अपांगमैत्री संरचना, सुधारिएको ढल निकास व्यवस्था र सुरक्षा तथा आपतकालीन सेवाको समुचित व्यवस्था मिलाइँदै छ ।

प्रदर्शनीको प्रवेश टिकट खल्ती बाई आईएमई एपमार्फत खरिद गर्न सकिने छ । पार्किङ व्यवस्थाका लागि नाइमाले पठाओसँगको सहकार्यमा भृकुटीमण्डम गन्तव्य हुने राईडहरूमा ३० प्रतिशतसम्म छुट व्यवस्था गरेको छ ।

नाइमाको आयोजनामा हुन लागेको यो एक्स्पो नेपालमा हालसम्मकै सबैभन्दा ठूलो र प्रभावकारी अटोमोबाइल प्रदर्शनी हुने अपेक्षा गरिएको छ ।