कीवर्डहरू -

नमस्ते पे अब नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक

नमस्ते पे अब नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक

नमस्ते पे नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक बनेको छ । यस सम्बन्धमा नेपाल टेलिकम र नमस्ते पेबीड एनडीएमा हस्ताक्षर भएको छ । 

यस अनुसार, खुद्रा व्यापारी तथा पीओएस आउटलेटहरूले नेपाल टेलिकम सिम कार्ड बिक्री गर्दा ग्राहकको केवाईसी विवरण स्वीकृत भएपछि एक हप्ताभित्रै आफ्नो कमिशन नमस्ते पे वालेट मार्फत प्राप्त गर्न सक्नेछन् । 

नेपाल टेलिकमले यस सेवाको जिम्मेवारी आफ्नो सहायक संस्था नेपाल डिजिटल पेमेन्ट्स लिमिटेड (नमस्ते पे) लाई दिएको हो ।

नमस्ते पेले खुद्रा व्यापारी भुक्तानी प्रक्रियालाई सजिलो, पारदर्शी र छिटो बनाउन यो पहल ल्याएको बताइएको छ । साथै, आम्दानी कर ऐन अनुसार आवश्यक कर कटौती भदौ २०८२ देखि भुक्तानी प्रक्रिया सम्पन्न हुनेछ ।

डिजिटल भुक्तानीलाई अझ सुलभ र सुरक्षित बनाउनका लागि सुरु गरिएको नमस्ते पेमा रिचार्ज, बिल भुक्तानी, रकम स्थानान्तरण, व्यापारी भुक्तानी लगायतका सुविधा उपलब्ध छन्। प्रयोगकर्ताले *500# डायल गरेर USSD सेवामार्फत पनि यी सुविधा लिन सक्नेछन्।