डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२५ (पब्लिक सेक्टर) चितवनको नारायणी माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ ।
शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले कार्यक्रममा नारायणी माध्यमिक विद्यालयलाई पब्लिक सेक्टरतर्फको डिजिटल एजुकेसन आइसिटी अवार्ड प्रदान गरिएको हो ।
सूचना प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाई र अध्यापन राम्रो बनाएका सरकारी तथा सार्वजनिक क्षेत्रका स्कुललाई यो अवार्ड प्रदान गरिन्छ ।
यस वर्ष प्रविधिको प्रयोग गरी उत्कृष्ट शिक्षण सिकाइ प्रक्रियामा अग्रसर नारायणी मावीलाई डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर) २०२५ प्रदान गरिएको हो ।
चितवनस्थित नारायणी माध्यमिक विद्यालय वि.सं. २०२० सालमा स्थापना भएको शैक्षिक संस्था हो। विद्यालयले डेस्कटप, ल्यापटप, ट्याबलेट, इन्टर्याक्टिभ ह्वाइट बोर्ड, प्रोजेक्टर, भिडियो क्यामरा, टिभी स्क्रिन जस्ता आधुनिक उपकरण र विभिन्न सफ्टवेयर प्रयोग गरी प्रविधिमैत्री सिकाइ प्रवाह गरिरहेको छ।
१२ कक्षासम्म अध्यापन गराउँदै आएको विद्यालयले आईटीमा डिप्लोमा/प्रिडिप्लोमा कोर्ष पनि सञ्चालन गर्छ । साथै, आईटी प्रदर्शनी र प्रतियोगितामार्फत विद्यार्थीको सृजनात्मकता र सीप विकासमा विद्यालयले जोड दिएको छ ।
आईसीटी समाचार