कीवर्डहरू -

नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ डा. शैलेन्द्र गिरीलाई

नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ डा. शैलेन्द्र गिरीलाई

नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ डा. शैलेन्द्र गिरीले प्राप्त गरेका छन् । 

नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गिरीलाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरेको हो । 

गिरीलाई १ लाख नगद र प्रमाणपत्रसहित  नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ । 

सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय योगदान दिएका प्युठानका डा. शैलेन्द्र गिरी अवार्ड दिइएको हो ।

वि.स २०५३ सालमा कम्प्युटर शिक्षकको रुपमा आइसिटी क्षेत्रको करियर सुरु गर्नुभएका डा. शैलेन्द्र गिरीले एमएस्सी आइटी र कम्प्युटर विज्ञानमा नै पिएचडी गर्नुभएको छ ।

२०६४ सालमा राप्ती इन्जिनियरिङ कलेजको स्थापना गरेर इनिजनियरिङ र आइटी शिक्षाको पहुच विस्तारमा डा. गिरीको महत्वपुर्ण योगदान पुर्याउनु भएको छ । उहाँले अहिले पनि राप्ती इन्जिनियरिङको अध्यक्ष तथा कार्यकारी निर्देशकको रुपमा सेवा गरिरहुनभएको छ । 

कार्यकारी निर्देशकको रुपमा साविकको कर्मचारी प्रशिक्षण प्रतिष्ठान, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गिरीले ६ वर्ष सेवा गर्नुभएको छ । डा. गिरीका राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलहरुमा दुई दर्जनबढि लेखहरु प्रकाशन भएका छन । सन् २०२० देखि २०२१ सम्म वल्र्ड रिसर्च काउन्सिलमा कार्यकारी बोर्ड सदस्य समेत हुनुभएका डा.गिरीले रिसर्च पिस अवार्ड, जापान र युएईमा नेपाल शिक्षा अवार्डहरु प्राप्त गनुभएको छ । 

विद्युतीय शासन र प्रविधि मैत्री सर्वजनिक सेवा, साइबर सुरक्षा, साइबर नीति र कानुन, कृतिम बौद्धिकता र अनलाइन शिक्षा लगायतका विषयमा नेपालका राष्ट्रि मिडियाहरुमा दर्जनौ लेखहरु प्रकाशन गनुएका गिरीले डाइमेन्सन अफ इ लर्निङ पुस्तक पनि प्रकाशन गनुएभएको छ भने नेपालमा विद्युतीय शासनको अभ्यास पुस्तक प्रकाशित हुने क्रममा छ । डा. गिरी क्यान महासंघ नेपालको पूर्व केन्द्रीय सदस्य एवं क्यान महासंघ दाङ शाखाका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।