अब शेयर कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ।
नेपाल स्टक एक्सचेन्जले सूचना जारी गर्दै शेयर कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरूलाई पत्राचार गरेको हो ।
यसअघि नै कारोबार खाता खोली कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग गरिरहेकालाई पनि राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध गराउने गरी काम गर्न नेप्सेले आग्रह गरेको छ ।
नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी)लाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशन दिएको थियो ।