कीवर्डहरू -

नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्छः प्रधानमन्त्री ओली

नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्ने बताएका छन् । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा बोल्दै ओलीले नेपालको लोकेसन र वातावरण अनुकुलका कारण डिजिटल वर्क सेन्टर बन्न सक्ने बताएका हुन् । 

‘नेपाल कुलिङ सेन्टर नै हो । हामीसँग चिसो र प्रविधि अनुकुल वातावरण छ । ग्रीन उर्जा पनि पर्याप्त छ,’ ओलीले भने, ‘नेपाल ‘डिजिटल सेन्टर’ हुन सक्छ । डिजिटल वर्क यहाँबाट गर्न सकिन्छ ।’

डिजिटल पूर्वाधारका लागि उर्जा र कुलिङ एकदमै महत्त्वपूर्ण भएको अवस्थामा नेपाल त्यसका लागि उपयुक्त गन्तव्य बन्न सक्ने ओलीको भनाइ थियो । 

देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा आइसिटीको योगदानलाई २ प्रतिशत पुर्‍याउने समेत उनले बताए । नयाँ पुस्ता सूचना प्रविधिमा अब्बल रहेको बताउँदै उनले आवश्यक सहयोग र सहजीकरण गर्नका लागि सरकार प्रतिबद्ध रहेको समेत जानकारी दिए । 

null

सुशासन र विकासमा आइसिटीको आवश्यकता औल्याउँदै ओलीले प्रविधिको विश्व विकासमा नेपाल सँगसँगै रहेको बताए । ‘नेपाल विश्वभन्दा पछाडि छैन् । हामी सँगसँगै हिडिरहेका छौं । जुन बेला कम्प्युटर सुरू भयो त्यसबेला पछाडि थियौं । अब अहिले दुनियाँ सँगैसँगै छौं । हामीले अरूले बनाएका प्रडक्ट प्रयोग गर्ने मात्र होइन, बनाएका छौं र अझै त्यसमा जोड दिनुपर्छ,’ उनले थपे । 

कार्यक्रममा बोल्दै उनले आफुले समेत एआईको प्रयोग गर्दै आइरहेको जानकारी दिएका थिए । विभिन्न जानकारी लिन मैले पनि एआईको मद्दत लिन्छु । च्याटजीपीटीलाई सोध्यो भने सबै भन्छ । नेपालले पनि एआई नीति ल्याइसकेको छ ।’ 

डिजिटल नेपाल फ्रेमवर्क २.० मार्फत नेपाल डिजिटल युगको नयाँ चरणमा प्रवेश गर्ने उनको भनाइ छ ।