कीवर्डहरू -

नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो संचालनमा

नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो संचालनमा

विगत ३ वर्षको अध्यन तथा अनुसन्धान गरी नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजीले बजारमा अफलाईन फस्ट नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो संचालनमा ल्याएको छ ।

सुर्य सिद्धान्तका आधारमा डेभलप भएको पात्रो विश्व बजारमा छरिएर रहेका नेपाली तथा विदेशी माझ अफलाईन फस्ट पात्रो आईओएस, एन्ड्रोइड र वेबको माध्यमबाट प्रयोगकर्ताले प्रयोग गर्न सक्ने कम्पनीका संस्थापक प्रकाश पौडेलले बताए । 

यस भर्चुअल पात्रोमा प्रयोगकर्ताको सहजता र अन्य पात्रोहरुको तुलनामा एप साईज कम, सरल र प्रविधिमैत्री रहेको छ । साथै एपले तिथिमिति, स्थानको आधारमा सूर्योदय–सूर्यास्त,चाडपर्व, बिदा, नेपाल संवत, मुहुर्त, पञ्चाङ्ग,  कर्मकाण्ड, मिति रुपान्तरण, विदेशी विनिमय दर,पात्रो विइगेट तथा पंडित सेवा फिचर उपलब्ध गराएको छ।

कम्पनीले प्रयोगकर्ताबाट प्राप्त सुझाव, प्रतिक्रिया, र आवश्यकताका आधारमा भविष्यमा थप उपयोगी फिचरहरू समावेश गर्दै जाने जनाएको छ ।