सूचना प्रविधि (आईटी) कम्पनी पेरिविन सोलुसन (Periwin.com) ले बेलायत (युके) मा पनि आफ्नो सेवा विस्तार गरेको छ ।
विगत ४ वर्षदेखि नेपालबाट सेवा प्रवाह गरिरहेको पेरिविन सोलुसनले बेलायतबाट पनि सेवा दिन थालेको हो ।
नेपालमा सन् २०२१ देखि सफ्टवेयर विकास, आईटी परामर्श तथा आउटसोर्सिङ सेवा प्रदान गर्दै आएको कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव विस्तार गर्ने उद्देश्यले बेलायतमा आफ्नो उपस्थिति जनाएको बताएको छ ।
कम्पनीले विश्वस्तरीय प्रविधि समाधान, ग्राहक अनुकूल सफ्टवेयर निर्माण तथा व्यवसायिक सल्लाह सेवा उपलब्ध गराउँदै आएको छ ।
पेरिविन सोलुसनका अनुसार, अन्तर्राष्ट्रिय बजारमा बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले यूकेको कार्यालय स्थापना गरी बेलायतका व्यवसाय, स्टार्टअप र संस्थाहरूसँग सहकार्य विस्तार गर्ने योजना बनाएको छ ।
कम्पनीले दक्ष जनशक्ति र नविन प्रविधिको संयोजनमार्फत अन्तर्राष्ट्रिय स्तरको सेवा दिन प्रतिवद्ध रहेको जनाएको छ ।