पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा ई-स्पोर्ट्सले नवौं स्थान हासिल गर्न सफल भएको छ ।
साउदी अरेबियामा भएको पब्जी मोबाइल विश्वकपमा विश्वभरका १५ टिमसँग होरा ई-स्पोर्ट्सले प्रतिस्पर्धा गरेको थियो ।
यससँगै होरा ई-स्पोर्ट्सले पब्जी मोबाइल विश्वकपको विभिन्न चरणमा कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर (१ करोड ७८ लाख बढी) पुरस्कार जितेको छ ।
फाइनलको अन्तिम खेलमा चिकन डिनर जितेको होराले समग्रमा १८ खेलमा १०० अंक प्राप्त गरेको थियो ।
यस वर्षको विश्वकपको उपाधि भने म्यानमारको टोली याङ्गोन ग्यालेक्टिकोसले जित्न सफल भएको छ ।