नेपालको भुक्तानी प्रणाली सञ्चालक कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) पेमेन्ट कार्ड इन्डष्ट्री सेक्युरिटी स्ट्याण्डर्ड काउन्सिल (पीसीआई एसएससी) को क्षेत्रीय बोर्ड सदस्यमा चयन भएको छ ।
अब यससँगै विश्वका ठूला कम्पनीहरू जस्तै गूगल, भारतको एनपीसाई, युरोनेट लगायतसँगै बोर्डमा सहभागी हुनेछ । पीसीआई एसएससी एक अन्तर्राष्ट्रिय निकाय ,हो जसले पेमेन्ट कार्ड इनडस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड (PCI DSS) मार्फत विश्वभरका वित्तीय संस्थाहरूलाई भुक्तानी प्रणाली सुरक्षित बनाउन सहयोग गर्दै आएको छ ।
क्षेत्रीय बोर्ड सदस्यका रूपमा एससीटीले पीसीआई एसएससीका गतिविधिहरूमा सक्रिय भूमिका खेल्ने, भुक्तानी सुरक्षासम्बन्धी नीति तथा रणनीतिमा सुझाव दिने, र अन्तर्राष्ट्रिय स्तरमा ज्ञान आदानप्रदान गर्ने अवसर पाउनेछ ।
एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले अन्तर्राष्ट्रिय स्तरमा एससीटीको उपस्थितिले देशको डिजिटल भुक्तानी क्षेत्रमा विश्वसनीयता र प्रतिस्पर्धात्मकता थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
सन् २००१ मा स्थापना भएको एससीटी, नेपालकै पहिलो भुक्तानी प्रणाली सञ्चालक हो, जसले QR, कार्ड पेमेन्ट, एटीएम र अन्य डिजिटल भुक्तानी सेवाहरू प्रदान गर्दै आएको छ ।