सामाजिक सञ्जाल टिकटकमा भ्रष्ट नेताका छोराछोरीहरूको विलासी जीवनशैली खुलासा गर्ने नयाँ अभियान सुरू भएको छ ।
टिकटकमा भ्रष्ट नेताका छोराछोरीहरूको विलासी जीवनशैली र सामान्य जनताबीचको ठूलो अन्तर देखाउने अभियान सुरू भएको हो । विशेष गरी जेड जी पुस्ताले ‘नेपो बेबी’ नयाँ अभियान छेडेका हुन् ।
फिलिपिन्स र इन्डोनेसियाबाट सुरु भएको उक्त ‘नेपो बेबी’ अभियान नेपालमा पनि लोकप्रिय बनेको छ । इन्डोनेसियामा पनि सरकार विरुद्ध सुरू भएको यस्तै अभियान सफल भएको भन्दै नेपालमा पनि सम्भव रहेको पोष्टहरूमा उल्लेख गरिएको छ ।
यस अभियान अन्तर्गत बनाइएका टिकटक भिडियोमा भ्रष्ट नेताका छोराछोरीको महंगो जीवनशैली देखाइएको छ । यो ट्रेन्ड अहिले भाइरल बनिरहेको छ ।
यी भिडियोहरूमार्फत पैसाको स्रोत के हो ? हामीले कर तिर्ने, तीनीहरूले फ्लेक्स गर्ने ? भ्रष्टाचार बन्द गर ? लुट्न बन्द गर ? भन्दै प्रश्न गरिएको छ ।
यो अभियान सामाजिक सञ्जालमा मात्रै केन्द्रित हुने छैन् । भदौ २३ गते सोमबार भौतिक रूपमा नै आन्दोलनको घोषणा गरिएको छ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि भ्रष्टाचार र राजनीतिक विशेषाधिकारविरुद्ध प्रदर्शन हुनेछ ।