नेपाली मूलका उद्यमी नामी बराल र नविन बास्कोटाले अमेरिकामा सुरू गरेको स्टार्टअप न्युरलले ३१ मिलियन अमेरिकी डलर अर्थात ४ अर्ब रूपैयाँ बढी लगानी प्राप्त गरेको छ ।
न्युरलले सीरिज ए राउन्ड अन्तर्गत ४ अर्ब रूपैयाँ बढी लगानी जुटाउन सफल भएको हो, जसको मूल्य नेतृत्व म्याराथन म्यानेजमेन्ट पार्टनरले गरेको थियो ।
यस लगानीले मुख्य वित्त अधिकृत (सीएफओ) सुइटका लागि एआई नेटिभ प्लेटफर्म बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।
सन् २०२२ मा दम्पत्तिद्वय नवीन बास्कोटा र नामी बरालले नेपाली ट्यालेन्ट प्रयोग गरेर ग्लोबल प्रडक्ट बनाउने गरी न्युरल स्टार्टअप सुरू गरेका थिए ।
न्युरलबाट विश्वकै जुनसुकै देशको कर्मचारी भर्ना तथा सेवा सुविधा भुक्तानी गर्न, कन्ट्रयाक्टर, भेन्डर भर्ना तथा भुक्तानी लगायतका एचआर (मानव संशाधन) सम्बन्धि सबै काम गर्न सकिन्छ । न्युरल एउटा यस्तो प्लेटफर्म, जसबाट एचआर, पेरोल लगायतका काम एकै ठाउँबाट गर्न सकिन्छ ।
न्युरललाई पनि नेपालीले सुरू गरेको विश्वकै एउटा ठूलो कम्पनीको रूपमा स्थापित गर्ने योजना नवीनको रहेको छ । ‘हामीले न्युरललाई खर्बौं डलरको कम्पनी बनाउने भनेर किन नसोच्ने ? सोच्न त पाइयो नि । सोच्दै काम गर्दै जाँदा त हुने रहेछ । अहिले धेरै कम्पनी खर्बौंको भएका छन्,’ उनले केही महिना अगाडि आइसिटी समाचारसँग भनेका थिए ।
यो पनि पढ्नुहोस्: नेपालीले बनाएको ग्लोबल प्रडक्ट ‘न्युरल’, युनिकर्न बन्ने लक्ष्य