ओपनएआईले बुधबार आफ्ना दुई नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरू – ओथ्री र ओफोर–मिनी सार्वजनिक गरेको छ ।
यी दुवै मोडेल कम्पनीका सबैभन्दा एडभान्स र रीजनिङमा केन्द्रित मोडेलहरू हुन्, जसमा भिजुअल रीजनिङ को क्षमता पनि छ । अर्थात्, अब यी मोडेलहरूले चित्रहरू हेरेर पनि जटिल प्रश्नहरूको सोचविचार गरेर सही जवाफ दिन सक्छन् ।
यी नयाँ मोडेलहरू पुराना ओवन र ओथ्री–मिनी मोडेलहरूको अपग्रेड गरिएको संस्करण हुन्, र अहिलेका लागि यी सुविधा च्याटजीपीटी का पेड सब्सक्राइबरहरू – प्लस, प्रो, र टिम प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ ।
के हो भिजुअल रीजनिङ?
भिजुअल रीजनिङ भन्नाले अब एआई मोडेल ले केवल टेक्स्ट मात्र होइन, इमेज (तस्वीर) हेरेर त्यसमा लुकेको जानकारी पनि बुझ्न सक्छन् ।
ओपनएआई को भनाइ अनुसार, ओथ्री र ओफोर–मिनी मोडेलहरू पहिलो पटक यति सक्षम भएका छन् कि अब च्याटजीपीटी भित्र भएका सबै टुल हरूको स्वतः प्रयोग गर्न सक्छन् — जस्तै
- वेब सर्च
- पाइथन कोड रन गर्न
- इमेज एनालिसिस
- फाइल इन्टरप्रिटेशन
- र इमेज जेनरेशन
के गर्न सक्छन् यी नयाँ एआई मोडेलहरू?
यी मोडेलहरूले अब त्यस्ता धेरै जटिल कामहरू गर्न सक्छन्, जस्तैः
- उल्टो राखिएको नोटबुक पढ्न सक्ने
- धमिलो वा टाढाबाट देखिएको बोर्ड को टेक्स्ट बुझ्ने
- लामो सूचीमा भएको विशेष प्रश्नलाई चिन्ने
- बस को फोटोबाट टाइमटेबल निकाल्ने
- पजल हल गर्ने
ओपनएआईले दाबी गरेको छ कि ओथ्री र ओफोर–मिनी मोडेलहरूले जिपिटी–फोरओ र पुराना ओवन मोडेलको तुलनामा एमएमएमयू, म्याथभिस्टा, चारएक्सआईभी जस्ता बेञ्चमाक्र्स मा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
तर, कम्पनीले यो पनि स्वीकार गरेको छ कि कहिलेकाहीं यी मोडेलहरूले आवश्यकता नभएको बेलामा इमेज लाई धेरै एडिट गर्न सक्छन्, धेरै लामो सोचमा उल्झिन सक्छन्, र कहिलेकाहीं इमेज लाई गलत बुझेको आधारमा गलत जवाफ पनि दिन सक्छन् ।