नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज (नास आईटी) मा नयाँ कार्यसमिति चयन गरिएको छ । संस्थाको तेस्रो वार्षिक साधारणसभाले ईके सोलुसनका प्रमुख कार्यकारी अधिकृत गौरव राज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
सन् २०२५–२०२६ का लागि अध्यक्षमा गौरव राज पाण्डेसहित उपाध्यक्षमा लगपोइन्टका कन्ट्री निर्देशक दिपेन चापागाईं, महासचिवमा एमनिल टेक्नोलोजीजकी सीओओ एलिशा श्रेष्ठ, कोषाध्यक्षमा गोक्यो ल्याब्सका सह-संस्थापक अभय पौडेल पदाधिकारीमा चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यमा लिपफ्रगका वरिष्ठ उपाध्यक्ष कैलाश राज विजयनन्द, एमिनेन्स वेजका प्रबन्ध निर्देशक नारायण कोइराला, बीआईसी टेक्नोलोजीकी सहसंस्थापक प्रार्थना शाखा, क्विकफक्स टेक्नोलोजीजका सीईओ रिचन श्रेष्ठ र टेकक्राफ्टका कार्यकारी निर्देशक तथा निवर्तमान अध्यक्ष सन्तोष कोइराला छन् ।
यसअघि संस्थाको अध्यक्षमा टेकक्राफ्टका कार्यकारी निर्देशक सन्तोष कोइराला रहेका थिए । नास आईटीमा कार्यसमितिको पदावधि एक वर्षको हुने गरेको छ ।
नयाँ नेतृत्वले नवप्रवर्तन, सहकार्य र नेपालको आईटी उद्योगलाई स्वदेश तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न अभियानलाई अझ प्रभावकारी बनाउने लक्ष्य नास आईटीले जनाएको छ ।