कीवर्डहरू -

एनआईएमबि स्टक मार्केट्सले सञ्चालनमा ल्यायो नयाँ टीएमएस

एनआईएमबि स्टक मार्केट्सले सञ्चालनमा ल्यायो नयाँ टीएमएस

एनआईएमबि स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) २०८२ वैशाख १४ गतेदेखि औपचारिक रुपमा संचालनमा ल्याएको छ । शेयर कारोवारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको यस आधुनिक प्रणाली ल्याएको हो । 

नयाँ टीएमएसको सुरुवातसँगै, एनआईएमबि स्टक मार्केट्स लिमिटेडले नेपालको पूँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अघि बढाएको छ ।

यस प्रणाली मार्फत लगानीकर्ताहरुले अनलाइन मार्फत शेयर खरिद÷बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिने र पोर्टफोलियो ट्रयाकिङ  सुविधा तथा मोबाइल उपकरणहरुमा पनि सजिलो पहुँच रहेको छ ।