कीवर्डहरू -

नेसनल आइसिटी एक्सिलेन्स अवार्ड (वुमन) २०२४ लेना केशरी कंसाकारलाई

नेसनल आइसिटी एक्सिलेन्स अवार्ड (वुमन) २०२४ लेना केशरी कंसाकारलाई

नेसनल आइसिटी एक्सिलेन्स अवार्ड (वुमन) २०२४ लेना केशरी कंसाकारले प्राप्त गरेकी छन् । नेशनल आईसीटी दिवसकाे अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कंसाकारलाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ वुमन प्रदान गरेकाे हाे ।

उनलाई १ लाख नगद र प्रमाणपत्रसहित नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएकाे छ । सूचना प्रविधिकाे क्षेत्रमा उल्लेखनीय याेगदान दिएकी काठमाडौंकी कंसाकार अहिले नेपालकाे निजी टेलिकम सेवा प्रदायक एनसेलमा कार्यरत रहेकी छन् ।

सन् २००२ मा सर्भिस इन्जिनियरिङबाट करियर सुरु गरेकी लेना केशरी कंसाकार अहिले एनसेलको एक्टिङ सिटिओको रुपमा कार्यरत छिन् । साविकको मेरो मोवाइलमा एसिस्टेन्ट इन्जिनियरको रुपमा उनी टेकिम्युनिकेसन क्षेत्रमा जोडिएकी थिइन । 

एक्ज्युक्युटिभ इन्जिनियर, टेक्निकल म्यानेजर, युनिट हेड, सेक्सन हेड हुदै उनी अहिले एक्टिग चिफ टेक्निकल अफिसरको उच्च पदमा १४० बढि कर्मचारीको नेतृत्व गरिरहेकी छन् । अन्तराष्ट्रिय लगानी समेत रहेको एनसेलमा उक्त पदमा पुग्ने पहिलो नेपाली महिला हुन् कंसाकार । 

काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङ, जर्मनीबाट इन्फरमेशन एण्ड कम्युनिकेसन इन्जिनियरिङमा मास्टर्स र एमबिए अध्ययन गरेकी कंसकार आफ्नो पेशा र क्षेत्रमा लगनशिल र इमान्दारिताले अब्बल सावित प्रमाणित गर्न सफल भएकी छन् । 

एनसेलमा कार्यरत रहदा उनले टुजी, थ्रिजी, फोरजीको विस्तारमा महत्वपुर्ण काम गरेकी छन् । कंसाकारले ग्रामिण क्षेत्रमा दुरसञ्चारको पहुच, भिओएलटीई सेवा विस्तार, डेटा सेन्टर स्थापना लगायतका दर्जनौ प्रोजेक्टहरुको लागि नेतृत्व लिएर काम गरेकी छन् । टेलिकम्युनेसन क्षेत्र सम्वन्धित कंसाकारका केहि रिसर्चहरु प्रकाशित छन भने केहि अवार्डहरुबाट पनि सम्मानित भएकी छन् ।