कीवर्डहरू -

नोटबुकएलएम अब मोबाइल एपमा पनि उपलब्ध हुने

नोटबुकएलएम अब मोबाइल एपमा पनि उपलब्ध हुने

गूगलको रिसर्च टुल नोटबुकएलएम अब मोबाइल एपमा पनि उपलब्ध हुने भएको छ । नोटबुकएलएम आगामी मे २० मा आधिकारिक मोबाइल एपको रूपमा सार्वजनिक हुँदैछ ।

अहिले नै एन्ड्रोइड वा आईओएस संस्करणको लागि प्रि-रजिस्टर गर्न सकिने छ । त्यसपछि एप सार्वजनिक भएपछि एप स्वतः डिभाइसमा डाउनलोड हुनेछ । 

नोटबुकएलएमको वेब संस्करणमा भएका सबै सुविधाहरू मोबाइल एपमा पनि उपब्ध हुनेछन् । पीडीएफ, वेबसाइट युआरएल, युट्युब भिडियो वा टेक्स्ट कपी अपलोड गरेर प्रश्न सोध्न, अध्ययन सामग्री तयार गर्न, ट्रान्सक्राइब गर्न वा पोडकास्ट बनाउन सकिने छ । 

सन् २०२३ मा सुरू भएको नोटबुकएलएममा सन् २०२४ मा अडियो ओभरभ्यू फिचर थपिएको थियो । अप्रिल २०२५ सम्ममा आउँदा यो सेवा नेपालीसहित ५० भन्दा बढी भाषामा उपलब्ध छ ।