कीवर्डहरू -

अब एक स्थानीय तह: एक स्मार्ट हुलाक

अब एक स्थानीय तह: एक स्मार्ट हुलाक

सरकारले एक स्थानीय तहः एक स्मार्ट हुलाकको अवधारणाको कार्यान्वयन गरिने बताएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा बताएका हुन् ।

‘हुलाक सेवाका पूर्वाधारलाई व्यवस्थित गर्दै कार्यक्षेत्रको विविधीकरण, सेवा प्रवाहमा आधुनिकीकरण र व्यवसायीकरण गरिनेछ,’ उनले भने, ‘एक स्थानीय तहः एक स्मार्ट हुलाक' को अवधारणाको कार्यान्वयन गरिनेछ। सुरक्षण मुद्रणलाई दिगो र भरपर्दो रूपमा सञ्चालनमा ल्याइनेछ ।’