अब यामाहा मोटरसाइकल र स्कुटरका लागि आवश्यक पर्ने जेन्युइन स्पेयर पार्टहरू नेपालकै लोकप्रिय अनलाइन सपिङ साइट दराजमा पाउन सकिने भएको छ । यसबाट देशभरका यामाहा सवारीधनीहरू जुनसुकै ठाउँबाट र जुनसुकै समयमा सहज रूपमा स्पेयर पार्टहरू खरिद गर्न सक्नेछन् ।
नेपालमा अनलाइन किनमेल क्रमशः बढ्दो क्रममा रहेका बेला यामाहाले नयाँ प्रयास थालेको हो । ग्राहकहरूले अब शोरूममा गएर पार्ट खोज्नुपर्दैन, दराजमा गएर सजिलै स्पेयर पार्ट्सका लहरमा हेर्न र आफूलाई आवश्यक परेको पार्ट्स केही क्लिकमै अर्डर गर्न सक्ने छन् ।
दराजमा यामाहाका मोटरसाइकल र स्कुटरका लागि छुट्टै यामाहा जेन्युइन स्पेयर पार्टहरूको क्याटलग उपलब्ध छ । यी सबै पार्टहरू कम्पनीकै मापदण्डअनुसार गुणस्तर, पर्फर्मेन्स, टिकाउ र सुरक्षाको उच्च स्तर सुनिश्चित हुने गरी निर्माण गरिएका छन् । दराजमा यामाहाका शतप्रतिशत असली स्पेयर पार्टहरू पाइने भएकाले ग्राहकहरू निश्चिन्त हुन सक्नेछन्।
दराजमार्फत देशभरि डेलिभरी हुनेछ । शहर बजारमा बस्ने हुन् वा दुर्गम गाउँमा बस्ने उपभोक्ता हुन्, जसलाई जहाँबाट पनि आवश्यक पार्टहरू सजिलै उपलब्ध हुनेछन् । तत्काल चेन्ज गर्नु पर्ने वा नियमित मर्मतसम्भार गर्नुपर्ने आकस्मिक आवश्यकताका बेलामा यो सेवा झन् उपयोगी हुने विश्वास गरिएको छ ।
पूरा प्रक्रिया सहज र प्रयोगकर्तामैत्री बनाइएको छ । कुन पार्ट चाहिएको हो खोज्ने, त्यस सम्बन्धि विवरण हेर्ने अनि अर्डर गर्ने सबै प्रक्रिया सरल रहेको बताइएको छ ।