कीवर्डहरू -

ओपनएआईले बन्द गर्‍यो ‘जीपीटी फोर ओ’, प्रयोगकर्ताहरूमा असन्तुष्टि

ओपनएआईले बन्द गर्‍यो ‘जीपीटी फोर ओ’, प्रयोगकर्ताहरूमा असन्तुष्टि

ओपनएआईले आफ्नो चर्चित च्याटबट मोडेल जीपीटी फोर ओ (GPT-4o) लाई आधिकारिक रूपमा फेब्रुअरी १३ देखि बन्द गरेको छ। कम्पनीले जनवरीमै वेबसाइटमार्फत यसबारे जानकारी दिएको थियो। जीपीटी फोर ओसँगै जीपीटी ५, जीपीटी-४.१, जीपीटी ४.१ मिनि र ओपनएआई o4 मिनी मोडेलहरू पनि च्याटजीपीटीबाट हटाइएको जनाइएको छ।

जीपीटी फोर ओलाई प्रयोगकर्तामैत्री, संवादमुखी र केही हदसम्म ‘sycophantic’ (अत्यधिक सहमत हुने) मोडेलका रूपमा चिनिन्थ्यो। यसअघि पनि गत अगस्टमा कम्पनीले जीपीटी फोर ओहटाएर नयाँ जीपीटी ५ लाई प्राथमिकता दिएको थियो। तर प्रयोगकर्ताहरूको व्यापक गुनासोपछि कम्पनीले जीपीटी फोर ओपुनः उपलब्ध गराएको थियो। यद्यपि, त्यसबेला पनि स्थायी रूपमा राखिने ग्यारेन्टी गरिएको थिएन।

यसपटक भने कम्पनी जीपीटी फोर ओजोगाइराख्ने पक्षमा देखिएको छैन। ओपनएआईका अनुसार हाल अधिकांश प्रयोग जीपीटी ५.२ मा सरेको छ र दैनिक रूपमा केवल ०.१ प्रतिशत प्रयोगकर्ताले मात्रै जीपीटी फोर ओरोजिरहेका थिए। प्रयोग कम हुँदै जाँदा पुरानो मोडेल सञ्चालनमा राख्नु उपयुक्त नहुने कम्पनीको तर्क छ।

यसबीच जीपीटी फोर ओमोडेल उल्लेख गरिएका केही ‘wrongful death’ मुद्दाहरू पनि कम्पनीविरुद्ध दायर भएका छन्। यद्यपि ती मुद्दाहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन, कानुनी चुनौतीहरू पनि मोडेल बन्द गर्ने निर्णयको एक कारण हुन सक्ने अनुमान गरिएको छ।

मोडेल हटाउनुअघि दुई हप्ताको सूचना दिइए पनि सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले असन्तुष्टि जनाएका छन्। विशेष गरी जीपीटी फोर ओसँग भावनात्मक सम्बन्ध जोडिएका प्रयोगकर्ताहरूले ‘AI boyfriend’ हरू हराएको भन्दै शोक व्यक्त गरेका छन्। केहीले त आफ्नो मनपर्ने मोडेललाई ओपन–सोर्स गर्न मागसमेत गरेका छन्।

ओपनएआईले भने नयाँ तथा उन्नत मोडेलतर्फ प्रयोगकर्तालाई स्थानान्तरण गराउन चाहेको स्पष्ट पारेको छ। कम्पनीका अनुसार आगामी दिनमा अझ उन्नत र सुरक्षित मोडेलहरू विकासमा केन्द्रित गरिनेछ।