कीवर्डहरू -

अमेजनको क्लाउडमा चल्नेछ ओपनएआई, दुवै कम्पनीबीच ३८ बिलियन डलरको डिल

अमेजनको क्लाउडमा चल्नेछ ओपनएआई, दुवै कम्पनीबीच ३८ बिलियन डलरको डिल

च्याटजीपीटीको निर्माता कम्पनी ओपनएआईले अमेजनसँग सात वर्षे सम्झौता गरेको छ। यससँगै अब अमेजनको क्लाउडमा ओपनएआई चल्ने छ । 

यो डिल गत हप्ताको री-स्ट्रक्चरिङ पछि आएको हो, जसले ओपनएआईलाई बढी अपरेशनल र वित्तीय स्वतन्त्रता उपलब्ध गराएको कम्पनीले बताएको छ।

यस सम्झौताअनुसार ओपनएआईलाई अमेजनले लाखौं एनभिडिया ग्राफिक्स प्रोसेसरहरूसम्म पहुँच दिनेछ र आफ्ना एआई मोडेलहरू सिकाउन र चलाउन सक्ने छ । 

एआई उद्योगलाई ठूलो कम्प्युटिङ पावर चाहिन्छ । ओपनएआईका सीईओ स्याम अल्टम्यानका अनुसार  कम्पनीले ३० गीगावाट कम्प्युटिङ रिसोर्स बनाउनमा १.४ ट्रिलियन डलर खर्च गर्नेछ, यो पावर यति बढी हो कि यसले लगभग २.५ करोड अमेरिकी घरहरूलाई बिजुली दिन सक्ने हिसाब छ।

एडब्ल्यूएसका सन्दर्भमा केही लगानीकर्ताहरूले माइक्रोसफ्ट र गूगलभन्दा पछाडि परेको हुन सक्ने चिन्ता गरेका थिए । तर यो सम्झौताले देखाएको छ कि एडब्ल्यूएस अझै एआई दौडमा शक्तिशाली खेलाडी बनेको छ । साथै सोमबार अमेजनका शेयर अल-टाइम हाई तोड्दै बजार मूल्यमा करिब १४० बिलियन डलरको वृद्धि भएको थियो ।

'एडब्ल्यूएससँग हाम्रो पार्टनरशिपले यो नयाँ युगलाई बलियो बनाउनेछ र एडभान्स्ड एआई सबैका लागि ल्याउनेछ," ओपनएआईका सीईओ स्याम अल्टम्यानले भने, 'ओपनएआईले तुरुन्तै एडब्ल्यूएसको प्रयोग सुरु गर्नेछ। पूर्ण क्षमतामा २०२६को अन्त्यसम्म अनलाइन हुने र २०२७ पछि थप विस्तार हुन सक्ने छ। अमेजनले हजारौं एनभिडिया चिप (जीबी200 र जीबी300 एआई एक्सेलेरेटर्स) लगाउनेछ, ताकि च्याटजीपीटी का जवाफ र नयाँ मोडेलहरू ट्रेनिङ गर्न सकियोस्।'

ओपनएआईले गुगल र ओराकलबाट क्लाउड सर्भिस लिनका लागि पनि सम्झौता गरेको छ। माइक्रोसफ्टसँग एक २५० बिलियन डलरको एज्योर क्लाउड डिल पनि भएको छ। यद्यपि यति ठूलो खर्च कसरी फण्ड गर्ने भन्ने विषयमा वाल स्ट्रिटमा प्रश्न उठिरहेका छन्। कम्पनीको आम्दानी वर्षको अन्त्यसम्म २० बिलियन डलर बिलियन सम्म पुग्न सक्छ भनिएको छ, तर कम्पनीको घाटा पनि निरन्तर बढिरहेको छ।