कीवर्डहरू -

गुगलले सार्वजनिक गर्‍यो ‘जेमिनाई सीएलआई’: डेभलपर्सका लागि ओपन सोर्स एआई कमाण्डलाइन टूल

गुगलले सार्वजनिक गर्‍यो ‘जेमिनाई सीएलआई’: डेभलपर्सका लागि ओपन सोर्स एआई कमाण्डलाइन टूल

गुगलले जेमिनाई सीएलआई सार्वजनिक गरेको छ । यो एक कमाण्ड लाइन इन्टरफेस (सीएलआई) हो जसले एआई मोडल जेमिनाईसँग अन्तरक्रिया गर्नका लागि एक ओपन सोर्स एजेन्टको रूपमा काम गर्छ । यो टूल डेभलपर्सलाई ध्यानमा राखेर बनाइएको हो, जसले यूजर्सलाई क्वेरी गर्न, कोड बनाउन, डकुमेन्ट समराइज गर्न र टर्मिनलबाट सिधै टास्कहरू अटोमेट गर्न सुविधा दिन्छ । 

जेमिनाई सीएलआई गुगलको ठूलो प्लानको हिस्सा हो, जसमा ओपन सोर्स टुलिङमार्फत आफ्नो एआई क्षमता सजिलै पहुँचयोग्य बनाउन खोजिएको छ । यो प्रोजेक्ट अपाचे २.० लाइसेन्स अन्तर्गत गिटहबमा होस्ट गरिएको छ र यसलाई पाइथनको पिप प्याकेज म्यानेजरमार्फत इन्स्टल गर्न सकिन्छ । यो पब्लिक र इन्टरप्राइज–ग्रेड दुवै जेमिनाई मोडलसँग अन्तरक्रिया गर्न सपोर्ट गर्छ ।

जेमिनाई सीएलआई डेभलपर्सलाई जेमिनाई मोडलमा नेचुरल ल्याङ्ग्वेज प्रम्प्ट वा स्ट्रक्चर्ड टास्कहरू चलाउन दिन्छ । इन्टरफेस निकै हल्का छ र पूर्ण रूपमा स्क्रिप्ट गर्न मिल्ने खालको डिजाइन गरिएको छ, जसले डेभलपर वर्कफ्लोमा सहज इंटिग्रेसन सुनिश्चित गर्छ । यो टेक्स्ट र कोड आउटपुट दुवैका लागि प्रॉम्प्ट र रिस्पन्स ह्यान्डलिङ प्रदान गर्छ। मल्टि–टर्न अन्तरक्रियाका लागि कमाण्ड हिस्ट्री र कन्टेक्स्ट मेमोरी सुविधा पनि छ। गुगल एआई स्टुडियो वा भर्टेक्स एआईमार्फत जेमिनी १.५ मोडलका लागि बिल्ट–इन सपोर्ट प्राप्त हुन्छ।  वातावरणीय भेरिएबल वा कन्फिग फाइलमार्फत कन्फिगरेसन मिल्छ।

ब्लगका अनुसार, जेमिनी सीएलआई फाइल पढ्न र लेख्न पनि सक्षम छ, जसले यो डकुमेन्टेशन अटोमेट गर्ने, कोड स्निपेट डिबग गर्ने वा स्ट्रक्चर्ड आउटपुट जेनेरेट गर्ने काममा उपयोगी बनाउँछ। गुगलले यो टूल ओपन सोर्स बनाएर डेभलपर कम्युनिटीलाई यसमा योगदान दिन आमन्त्रण गरेको छ ।

सीएलआई पाइथनमा लेखिएको छ र एक्सटेन्सिबल हुने गरी डिजाइन गरिएको छ, जसले कन्ट्रिब्युटरहरूलाई प्लगइनहरू विकास गर्न वा यसको डिफल्ट व्यवहारमा मोडिफिकेसन गर्न सक्षम बनाउँछ। गुगलले यूजर्सलाई सुरु गर्न सहयोग पु¥याउन विस्तृत डकुमेन्टेसन र प्रयोगका केस उदाहरणहरू पनि प्रदान गरेको छ ।

यो प्रोजेक्ट गुगलको एआई डेवेलपमेन्ट टुलहरूमा ओपन सोर्स अपनाउने रणनीति अन्तर्गत पर्छ । जसरी मेटाले एलएलएएमएलाई ओपन सोर्स ग¥यो र माइक्रोसफ्टले अटो जेनेरेट गर्ने टुलहरूलाई सपोर्ट गर्‍यो । त्यसैगरी जेमिनी सीएलआई पनि गुगलले आफ्नै मोडल वरिपरि डेभलपर इकोसिस्टम तयार गर्ने प्रयासको हिस्सा हो ।

सीएलआई आफैँ ओपन सोर्स छ, तर जेमिनी मोडलसम्म पहुँच विशेषगरी इन्टरप्राइज भेरिएन्टका लागि गुगलका प्लेटफर्महरू—जस्तै भर्टेक्स एआई र एआई स्टुडियोसँग लिङ्क हुन्छ, जसका लागि यूजर्सलाई अतेन्टिकेसन र एपीआई कन्फिगरेसन आवश्यक पर्न सक्छ । टर्मिनल–आधारित यो सरल सिस्टम पावर युजर्स र रिसर्चरहरूलाई विशेष गरी शेल स्क्रिप्टिङ वा क्लाउड–आधारित वातावरणमा काम गर्दा धेरै मनपर्ने बनाउँछ ।