आजकल एन्ड्रोइड स्मार्टफोन चलाउने यूजर्समा मालवेयरको खतरा बढ्दै छ , त्यसैले फोन प्रयोग गर्दा सावधानी अपनाउनु पर्दछ किनकि एक सानो भूलले ठूलो क्षति निम्त्याउन सक्छ। डेटा चोरीदेखि बैंक अकाउन्ट खाली गर्नसम्मका लागि ह्याकरहरूले मालवेयरको सहारा लिइरहेका छन्।
अहिले ‘गडफादर मालवेयर’ नामक नयाँ मालवेयरको आतंकले एन्ड्रोइड फोन चलाउनेहरूलाई चिन्तित बनाइरहेको छ । मिडिया रिपोर्टहरूका अनुसार यो मालवेयरले विस्तारै आफ्नो प्रभाव फैलाइरहेको छ।
यो नयाँ मालवेयर बैंकिङ, क्रिप्टोकरेन्सी र इ–कमर्स एप्सलाई निशाना बनाइरहेको छ। एप्स टार्गेट गर्न भर्चुअल फाइल सिस्टम, इन्स्टेन्ट स्पूफिङ र भर्चुअल प्रोसेस आइडी जस्ता प्रविधिहरू यसको सहयोगी बनेका छन्।
सन् २०२१ मा आएको यसको पुरानो भर्सनले धेरै देशहरूमा आतंक मच्चाएको थियो, र अबको भर्सन पहिलेभन्दा अझै बढी खतरनाक देखिएको छ। सिक्योरिटी कम्पनी जिनपेरियमले यस नयाँ भर्सनको पहिचान गरेको हो।
यो मालवेयरले फेक लगइन स्क्रीन मात्र बनाउँदैन, डिभाइसको कन्ट्रोल पनि हातमा लिन्छ र तपाईंलाई थाहा नै हुँदैन। मालवेयर तपाईंको फोनमा होस्ट फाइल इन्स्टल गर्छ र ओरिजिनल बैंकिङ एपको हूबहू कपी बनाएर ओरिजिनल र फेक एपबीचको भेद छुट्याउन गाह्रो बनाउँछ। धेरैपटक एन्टिभाइरस एपहरूका लागि पनि यो मालवेयर समात्न गाह्रो हुन्छ।
एप खोल्ने बित्तिकै मालवेयरले तपाईंलाई भर्चुअल भर्सनमा लग्छ, जसको इन्टरफेस ओरिजिनल एप जस्तै देखिन्छ। मालवेयर तपाईंको हरेक एक्टिविटी मनिटर गर्छ, पासवर्ड, पिन र यहाँसम्म कि बैंकिङ मेसेजसम्म चोरी गर्न सक्छ। जब तपाईं एप प्रयोग गरिरहनु भएको हुँदैन, त्यसबेला पनि यो मालवेयर लुकेर ब्याकग्राउन्डमा पैसाहरू ट्रान्सफर गरी बैंक अकाउन्ट खाली गर्नसक्छ।
कसरी बच्ने?
-
मालवेयरबाट बच्न मात्र गुगल प्ले स्टोरबाट मात्र एप डाउनलोड र इन्स्टल गर्नुहोस्।
-
फोनको सेटिङ्समा गई “इन्स्टल एप्स फ्रम अननोन सोर्स” अप्सन बन्द गर्नुहोस्।
-
फोनको सफ्टवेयर र सिक्योरिटी फिक्ससम्बन्धी अपडेट आएपछि तुरुन्तै इन्स्टल गर्नुहोस्, जसले फोनलाई अपडेट राख्छ।
-
अनजान इमेल वा मेसेजमा आएका लिङ्कमा क्लिक नगर्नुहोस्।
जिनपेरियमको रिपोर्टअनुसार, यो खतरनाक मालवेयर हाल टर्कीमा लगभग ५०० वटा एप्समा प्रभाव पारिरहेको छ। तर यसको नयाँ भर्सनले अन्य देशहरूमा समेत फैलिने सम्भावना छ र प्रयोगकर्तालाई ठूलो नोक्सान पुर्याउन सक्छ।