कीवर्डहरू -

हायरको ब्रान्ड एम्बासडरमा पारस खड्का नियुक्त

हायरको ब्रान्ड एम्बासडरमा पारस खड्का नियुक्त

विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायर ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का लाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।

हायर ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कम्पनी नियोटेरिक नेपाल का सञ्चालक सञ्जय गोल्छा र पारस खड्काबीच शुक्रबार यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

हायर विश्वकै नम्बर एक होम एप्लायन्स ब्रान्डका रूपमा परिचित छ। बजार अनुसन्धान संस्था युरोमोनिटर इन्टरनेशनल का तथ्याङ्कअनुसार बिक्री परिमाणका आधारमा हायरले लगातार १७ वर्षदेखि विश्वकै पहिलो स्थान कायम गर्दै आएको छ। सन् २०२५ को तथ्याङ्क अनुसार रेफ्रिजेरेटरमा १८ वर्ष, वासिङ मेसिनमा १७ वर्ष, वाइन कुलरमा १६ वर्ष र फ्रिजर बिक्रीमा १५ वर्षदेखि हायरले विश्व अग्रस्थान कायम राख्दै आएको छ।

विश्वव्यापी खेलकुद क्षेत्रमा पनि हायरको बलियो उपस्थिति रहेको छ। कम्पनीले लिभरपुल फुटबल क्लब, पेरिस सेन्ट जर्मन र एटीपी टुर जस्ता अन्तर्राष्ट्रिय खेलकुद संस्थासँग दीर्घकालीन साझेदारी गर्दै आएको छ। यही सिलसिलामा नेपालको खेलकुद क्षेत्रमा पनि हायरको सक्रिय सहभागिता विस्तार हुने अपेक्षा गरिएको छ।

सम्झौतापछि प्रतिक्रिया दिँदै पारस खड्काले हायर जस्तो विश्वस्तरीय ब्रान्डसँग जोडिन पाउनु आफ्ना लागि महत्वपूर्ण अवसर भएको बताए।

त्यस्तै, नियोटेरिक नेपालका सञ्चालक सञ्जय गोल्छाले भने, “नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा लिजेन्ड्री खेलाडी पारस खड्कासँग ब्रान्ड एम्बासडरका रूपमा सहकार्य गर्न पाएकोमा नियोटेरिक परिवार गौरवान्वित छ। यो सहकार्यमार्फत हामी सफलताको यात्रामा एकसाथ अघि बढ्नेछौँ।”

उनले उपभोक्तालाई केन्द्रमा राखी उनीहरूको आवश्यकताअनुसारका हायरका समाधानहरू उपलब्ध गराउन कम्पनी सधैं प्रतिबद्ध रहने बताए।