कीवर्डहरू -

बससेवाबाट हवाई टिकट काट्ने यात्रुलाई हरेक टिकटमा पाँच सय रुपैयाँसम्म क्यास ब्याक

बससेवाबाट हवाई टिकट काट्ने यात्रुलाई हरेक टिकटमा पाँच सय रुपैयाँसम्म क्यास ब्याक

बससेवाबाट हवाई टिकट काट्ने यात्रुले हरेक टिकटमा पाँच सय रुपैयाँसम्म क्यास ब्याक पाउने भएका छन् । नेपालीको महत्वपूर्ण चाड दशैँ तिहारलाई लक्षित गर्दै बससेवाले सुरु गरेको हवाई टिकट सेवामा पाँच सयसम्मको क्यास ब्याकको अफर ल्याएको हो ।

बस सेवाका प्रमुख कार्यकारी निर्देशक (सिइओ) पिके खनालका अनुसार क्यास ब्याकको अफर आगामी मंसिर महिनाभर रहने छ । यात्रुहरूले हवाइ उडान हुने नेपालभरका सबै जिल्लाको टिकट मोबाइल एप र वेभसाइटबाट लिन सक्नेछन् ।

यस वर्षको दशैँमा बससेवाले बससेवा मोबाइल एप्लिकेसन र बससेवा डटकमबाट बस तथा हवाइजहाजको टिकट काट्नेलाई उपहारस्वरुप खसी उपहार समेत दिने भएको छ । अग्रीम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरुप खसी दिने घोषणा कम्पनीले गरेको हो ।

यस्तै, बससेवाले १५ भदौदेखि नै बस तथा हवाइजहाजको टिकटमा आंशिक प्रि–बुकिङ खुला गरिसकेको छ । यात्रुहरुले ११ असोजसम्म बुकिङ गर्न सक्नेछन् । बस सेवाले देशभरका ७० भन्दा बढी जिल्लामा अनलाइनमार्फत बसको टिकट उपलब्ध गराउँदै आएको छ सयजनालाई फ्रि टिकट १५ भदौदेखि ११ असोजसम्म मोबाइल एप (बससेवा) र वेबसाइट बससेवाडटकममार्फत टिकट काट्ने यात्रुहरूलाई बस सेवाले विभिन्न उपहारको समेत व्यवस्था गरेको छ ।

यस अवधिमा टिकट काट्ने यात्रुहरूमध्ये एक सयजनालाई निःसुल्क टिकटको व्यवस्था, पाँचजनालाई खसी उपहार र ५० जनालाई दुई हजार रुपैयाँ बराबरको लुगा किनमेल समेत गर्न सक्ने व्यवस्था गरेको छ ।