कीवर्डहरू -

कविता: बढाऔं डिजिटल सुरक्षा

कविता: बढाऔं डिजिटल सुरक्षा

अन्तर्राष्ट्रिय कम्प्युटर सुरक्षा दिवसको शुभकामना !!!
सबैको डिजिटल साधन सुरक्षित रहोस् भन्ने कामना !!!

असोसियसन अफ कम्प्युटर मेशिनरीको यस अभियान 
चालौ पाइला सुरक्षित बनाउन डिजिटल रुपका वरदान

बलियो पासवर्डको प्रयोगलाई बढाउनु पर्छ प्रोत्साहन 
न्यूनीकरण गर्न सकिन्छ अनाधिकृत सूचनाको दोहन

डिजिटल उपकरणका सफ्टवेयरहरु बनाऔं अद्यावधिक
मल्टी फ्याक्टर अथेन्टिकेशनको गरौं प्रयोग अत्याधिक

आवत जावत हुने नेटवर्क ट्राफिकमा लगाऔं फायरवाल 
अनाधिकृत पहुँच नियन्त्रण गर्न सक्ने डिजिटल पर्खाल

इमेल, साइट वा मेसेजमा आउन सक्छ फिसिंग अट्याक
अनावश्यक लिंक क्लिकले निम्तिन सक्छ हार्ट अटपाक

डिजिटल सूचनाको सत्यता जाँच्न चिनौं सूचनाको स्रोत 
पासवर्ड म्यानेजरले मद्दत गर्छ बलियो पासवर्डको ओत

सोसियल इन्जिनियरिंगबाट संवेदनशील सूचनाको चोरी 
रोक्न बदलौं बलियो पासवर्ड पनि तीन महिनामा फेरी

(नोभेम्बर ३० मा मनाइने अन्तर्राष्ट्रिय कम्प्युटर सुरक्षा दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बासुकलाले लेखेको कविता)