यातायात व्यवस्था विभागको सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको छ ।
असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएपछि सबै सेवा बन्द भएका छन् ।
सवारीचालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) हरुको सबै सेवाहरु बन्द भएको विभागले जनाएको छ ।
विभागका अनुसार समस्या समाधानका कार्य भैरहेको छ ।