एपीआई म्यानेजमेन्ट सिस्टम (एपीआईएमएस) ले प्रडक्ट आइसिटी अवार्ड २०२४ जितेको छ । शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुमको ग्राण्ड फिनाले कार्यक्रममा एपीआईएमएसलाई प्रडक्ट आइसिटी अवार्ड २०२४ प्रदान गरिएको हो ।
प्रडक्ट आइसिटी अवार्डमा कुनै पनि नेपाली कम्पनी, संस्था, समुह वा व्यक्तिले गत एक वर्षकोबीचमा विकास गरेको आइटी प्रडक्टले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । यस विधामा यस वर्ष प्राप्त आवेदनमध्येबाट एपीआईएमएस जित्न सफल भएको हो ।
एपीआई म्यानेजमेन्ट सिस्टम (एपीआईएमएस) बैंक, वित्तीय संस्था तथा अन्य पब्लिक सर्भिस प्रदान गर्ने उद्योगहरूका लागि तयार गरिएको एकीकृत प्लेटफर्म हो । वान पोइन्ट फाइनान्सियल सर्भिसेसले विकास गरेको यो युनिफाइड प्लेटफर्मले एपिआई क्रिएट गर्ने, म्यानेज गर्ने र एकीकृत गर्ने काम गर्दछ । जसले गर्दा, एउटै प्लेटफर्मबाट सम्पूर्ण एपीआई र डिजिटल सेवाहरूलाई व्यवस्थापन र मोनिटरिङ गर्न सकिन्छ ।
छोटो अवधिमा नै नेपालका अधिकांश बैंक तथा वित्तीय सस्थाहरुले यो सेवा लिरहेका छन भने ६ बढी देशहरुमा सेवा विस्तार भैरहेको छ ।