कीवर्डहरू -

नाष्टको प्राज्ञमा प्रा.डा. मनिष पोखरेल र प्रा.डा. सुवर्ण शाक्य नियुक्त

नाष्टको प्राज्ञमा प्रा.डा. मनिष पोखरेल र प्रा.डा. सुवर्ण शाक्य नियुक्त

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्राज्ञमा प्रा.डा. मनिष पोखरेल र प्रा.डा. सुवर्ण शाक्य नियुक्त भएका छन् । 

प्राज्ञ छनौट समितिको सिफारिसमा नाष्टका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रा.डा. पोखरेल र प्रा.डा. शाक्यलाई प्राज्ञमा नियुक्त गरेका हुन् । 

नियुक्त भएका प्रा.डा. पोखरेल काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डीन हुन् भने प्रा.डा. शाक्य त्रिभुवन विश्वविद्यालयको सूचना प्रविधि नवप्रवर्तन केन्द्रका निर्देशक हुन् । 

विज्ञान तथा प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका विद्वानहरू नाष्टको प्राज्ञमा नियुक्त हुने गरेका छन् । 

प्राज्ञ छनौट गर्न नाष्टको सहकुलपतिको अध्यक्षतामा उपकुलपति र सभाका एक जना सदस्य रहेको एउटा समिति गठन गरिएको हुन्छ ।