क्विकसीसीएले प्रडक्ट आइसिटी अवार्ड २०२५ जितेको छ । शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले कार्यक्रममा क्विकसीसीएलाई प्रडक्ट आइसिटी अवार्ड २०२५ प्रदान गरिएको हो ।
प्रडक्ट आइसिटी अवार्डमा कुनै पनि नेपाली कम्पनी, संस्था, समुह वा व्यक्तिले गत एक वर्षकोबीचमा विकास गरेको आइटी प्रडक्टले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । यस विधामा यस वर्ष प्राप्त आवेदनमध्येबाट क्विकसीसीए जित्न सफल भएको हो ।
क्विकसीसीए बैंकहरूको इनवार्ड चेक प्रोसेसिङलाई स्वचालित बनाउने समाधान हो। यसले OCR/ICR प्रविधि प्रयोग गरेर चेकका विवरण स्वतः पढ्ने, निकाल्ने र प्रमाणीकरण गर्ने काम गर्दछ।
पुराना कोर बैंकिङ प्रणालीसँग सजिलै एकीकृत हुने यो प्रणालीले अन्य बैंकिङ कागजातहरू पनि अटोमेट गर्न सक्छ। हाल ग्लोबल आईएमई, नबिल, कुमारी र एनएमबी बैंकले क्विकसीसीए प्रयोग गर्दै आएका छन्।
आईसीटी समाचार